Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
डोटी, ११ कात्तिक (रासस) : जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । बज्राचार्य नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीलगायत सरोकारवालासँग भर्चुअल मिटिङसमेत गरिसकेको छ । तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालले डोटी, बर्दिवास, चितवन र दाङमा इन्जिनीयरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न विश्व विद्यालय अनुदान आयोगलाई बजेट बिनियोजन गराउनुभएको थियो । सोहीअनुरूप अहिले डोटीमा…
काठमाडौँ: भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउने भएका छन। आगामी नोभेम्बर ४ देखि नरवाणेको नेपाल भ्रमण तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन। गत साता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आए लगत्तै भारतीय अर्को सुरक्षा निकाय प्रमुखको नेपाल भ्रमण हुन लागेको हो। गोयलले प्रधानमन्त्रीसँग गरेको भेट कुटनीतिक मर्यादा विपरित भएको भन्दै नेपालमा चर्को आलोचना भइरहेको छ। पीटीआईका अनुसार नरवाणेले नेपालमा तीनदिन बिताउँनेछन्। सोक्रममा उनले नेपालका समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उच्च पदस्थ व्यक्तिसम्म भेटघाट गर्ने कार्यक्रम तय भएको छ। नेपाल र भारतबीच कालापानी लगायत क्षेत्रमा सिमा विवाद रहेका बेला…
भक्तपुर: हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा आज भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालेर खड्ग जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा परिक्रमा गरिदैँ आएको थियो, तर यस वर्ष कोरोनाका कारण खड्ग जात्रा तलेजुबाट गोल्डेन गेट भित्र औपचारिक रुपमा मात्रै मनाइएको छ, बाहिर परिक्रमा गर्ने परम्परा यो वर्ष रोकिएको छ ।” त्यसैगरी आजै नवदुर्गा देवगणहरुले तलेजुको जमदार…
काठमाडौँ: पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना…
जाजरकोट: विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिनुभएको छ । आज अपराह्न ट्वीट गर्दै उहाँले कोभिड–१९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दशैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नाका साथै छोरी–ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गर्नुभएको छ ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभयो । यसैगरी, प्रधानमन्त्री केपी शर्माओली र उनका धर्मपत्नी राधिका शाक्य राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति विद्या देवी भण्डारीबाट दसैंको टिका ग्रहण गरेका छन् ।
परासी, १० कात्तिक (रासस): नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो । केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
काठमाडौँ: दसैं भन्नेबित्तिकै धेरैले मस्तिष्कमा रातो टीका र जमराको चित्र आउँछ सोच्छन् । तर नेपालमा समुदाय अनुसार दसैंमा लगाइने टीका फरकफरक हुने गर्छन् । दसैंलाई नेवार समुदायले ‘मोहनी’ भन्छन् । नेवारहरूले दसैंमा लगाउने कालो मोहनीकै आधारमा दसैंलाई मोहनी भनिएको हो । नेवारहरूले दसैंमा निधारको मध्यभागमा भुइँ सिन अर्थात् फुस्रो सिन्दुर लगाएर तल वा माथि कालो मोहनी लगाउँछन् । त्यही नै नेवारहरूको दसैंको टीका मानिन्छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार कालो टीकाले मानिसलाई आकर्षित गर्ने क्षमता राख्छ। कालो टीका लगाएको मानिसको अनुहारमा जादु हुने र यसले अरुलाई सम्मोहन गर्ने क्षमता राख्ने धौभडेल बताउँछन् । धौभडेलका अनुसार यो विजयादशमीको किंवदन्तीसित मेल खान्छ।…
एजेन्सी: बेन्चबाट मैदान प्रवेश गर्दै जेमी भार्डीले गरेको निर्णायक गोलमा लेस्टरले आर्सनललाई उसकै घरेलु मैदानमा आइतबार १–० ले हराएको छ । लिगका पछिल्ला चार खेलमा आर्सनलको यो तेस्रो हार हो । चोटका कारण भार्डीले सुरुदेखि खेलेका थिएनन् । व्यवस्थापक ब्रेन्डन रोजर्सले उनलाई ३० मिनेटको खेल बाँकी छँदा मैदान पठाएका थिए । यस सिजनमा उनको यो छैटौं गोल हो । आर्सनलविरुद्ध अधिकांश समय निर्णायक साबित हुँदै आएका छन्, ३३ वर्षीय भार्डी । उनले आर्सनलविरुद्ध लिगका १२ खेलमा ११ गोल गरिसकेका छन् । यसअघि साउथह्याम्पटनले शीर्ष स्थानमा रहेको एभरटनलाई २–० ले हरायो । …
