Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

यस अनलाइन पत्रिका (पहिलोक्लिक डटकम) मा आज मिति २०७८/०२/११ गते बिहान ८:३१ बजे प्रकाशित समाचार शिर्षक ” प्रम ओली र प्रधानन्यायाधीशबीच सोमबार राती अर्थपूर्ण भेट ” भन्ने समाचार प्रकाशित भएकोमा हामी अवगत नै छौं। उल्लेखित समाचार हामीले सधै जसो हरेक बिहान प्रकाशित गरिने ‘पत्रपत्रिकाबाट तथा अन्य अनलाइनमा प्रकाशित समाचारहरुलाई आधार र साभार गर्दै प्रकाशित गर्ने गरेका छौं। सोही कार्य अन्तर्गत मंगलबार जेठ ११ गते बिहान उक्त शिर्षकसहितको सामाचार प्रकाशित हुन गएको सम्बन्धित निकाय (सम्मानित सर्वोच्च अदालत) लाई अवगत गराउन चाहन्छौं। उक्त समाचारलाई लिएर हाम्रो अनलाइनकोसमेत नाम त्यस सम्मानित सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस बिज्ञप्तिसहित ध्यानाकर्षण जारी भएको हामीलाई…

Read More

नेपाली फुटबल टोली आज इराक जाँदै काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज इराकतर्फ प्रस्थान गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपाली टोली इराक प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम कतार एयरवेजबाट राति १० बजे इराक जाने भएको हो । नेपालले यही जेठ १५ (मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । इराक प्रथान गर्नुअघि नेपाली टोलीको कोरोना परीक्षण पनि गरिएको छ । जसमा सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एन्फाले सोमबार नेपाली टोलीका २३ खेलाडी र १२ पदाधिकारीको पीसीआर परीक्षण गराएको थियो । नेपाली…

Read More

काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण वाग्मती प्रदेशमा थप ४९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांकानुसार वाग्मतीका विभिन्न सात जिल्लामा ४९ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको सोमबार बेलुकी ५ बजेसम्मको विवरणानुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४ जनाको मृत्यु भएको छ । यहाँ ३३ देखि ९८ वर्षसम्मका पुरुष र ३९ देखि ७६ वर्षसम्मका महिलाले ज्यान गुमाएका हुन् । यस्तै, कोरोनाका कारण यो अवधिमा ललितपुरमा आठ र भक्तपुरमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।

Read More

काठमाडौँ: गृह मन्त्रालयले कोभिड संकट व्यवस्थापनसम्बन्धी केही दिनअघि जारी भएको अध्यादेशअनुसार निषेधाज्ञा कार्यान्वयन गर्न देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) तथा प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पनि त्यसको बोधार्थ दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाही गर्न स्पष्ट रूपमा निर्देशन दिइएको बताए । अध्यादेशमा उल्लिखित कैद र जरिवानाका प्रावधानलाई कडाइका साथ लागू गरिने भन्दै काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले सोमबार नै सूचना जारी गरेका छन् । उपत्यकाका तीनवटै प्रशासनले मंगलबार संयुक्त बैठक बसेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले बताए । उपत्यकामा वैशाख १६…

Read More

गलेश्वर, ११ जेठ (रासस) : कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान ब्याडमा राखेको बिउ काढ्न व्यस्त छन्…

Read More

काठमाडौँ, ११ जेठ (रासस) : ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ । चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको…

Read More

जलेश्वर, ११ जेठ (रासस) : कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ । कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार २४० ले कोरोना जितेका छन् । यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा…

Read More

काठमाडौँ: नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमस)को प्रमुखमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवसरहको उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । शुक्रबार राजपत्रमा प्रकाशित भएको ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’अनुसार शर्मा सिसिएमसीमा नयां सदस्यका रुपमा नियुक्त भएका हुन् । यसअघि सिसिएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयको सचिव थिए । शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न वनेको विशेष समितिको संयोजक समेत भएर काम गरिसकेका थिए ।

Read More

काठमाडौँ: नेकपा एमालेबाट निष्काशित भएका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको कारबाहीले आफूहरुको रौं पनि नहल्लीने प्रतिक्रिया दिएका छन् । सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित भएका नेता खनालले प्रधानमन्त्री ओली कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताएका छन् । ‘कम्युनिष्ट आन्दोलनका गद्धारले हामीमाथि गरेको कारबाहीले रौं पनि हल्लिँदैन’, हामी नयाँ पार्टी खोल्छौं’, उनले भने ।

Read More

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

Read More