Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ थियो । पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत…

Read More

काठमाडौं : चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म बिस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड बिस्तार गर्ने भएको छ । ११ दशमलव छ किलोमिटर सडकको बिस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ । सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युत्को पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै सो सडकमा रहेका दुई हजार १०० रुख…

Read More

काठमाडौँ: स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएपछि यहाँका स्थानीय जनप्रनिधिहरूले असन्तुष्टि जनाएका छन्। आफूहरूको सुझावविपरीत उपत्यकाका जिल्ला प्रशासन कार्यालयले विकास निर्माण लगायतका क्षेत्रमा समेत सहजता ल्याएको भन्दै उपत्यका नगरपालिका फोरमले बिहीबार विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाएको हो। उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठद्वारा बिहीबार संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ। यसले निषेधाज्ञाको खासै अर्थ नराख्नै भन्दै उनीहरूले अत्यावश्यक…

Read More

गलकोट, १८ भदौं (रासस): बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ । “हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो । घटना स्थलमा नेपाल…

Read More

काठमाडौँ: पछिल्लो केहि दिन यता लगातार बढेको सुनको मूल्य दुई दिन यता लगातार घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। दुई दिनको अवधिमा सुनको भाउ प्रतितोला एक हजार ९ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तोकिएको छ। बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँ…

Read More

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक गरिएको छ। उनको ट्विट ह्याक भएको कुरा बिहीबार ट्विटर आफैंले पुष्टि गरेको हो। प्रधानमन्त्री मोदीको ट्विटर ह्यान्डल Narendra Modi @narendramodi ह्याक गरी उनका फलोअर्सले प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा चन्दा दिन अपिल गरिएको थियो।

Read More

गलकोट: बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । “बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान छ”, रेग्मीले भन्नुभयो । अरिवरल वर्षासँगै गएराति…

Read More

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । आज बिहानका लागि तय भएको बैठक ४ घण्टा पछि सार्दै केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सचिवालय बस्नु अगाडि अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच छलफल भएको थियो सचिवालयमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा कसलाई पठाउने लगायत विषयमा छलफल हुने बताइएको छ । बैठकका एजेन्डाबारे छलफल गर्न हिजो बुधबार राती अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । प्रधानमन्त्री ओली अर्थमन्त्री डा युवराज खतिवडालाई फेरि राष्ट्रियसभामा सदस्य बनाएर अर्थमन्त्रीमै निरन्तरता दिन चाहन्छन भने नेकपा…

Read More

ललितपुर : रातो मछिन्द्रनाथको रथ यात्रा सुरु गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ललितपुरको पुल्चोक क्षेत्र तनावग्रस्त बनेको छ। स्थानीयले बिहान ११ बजेदेखि नै रथ तान्न सुरु गरे पनि प्रहरीले अवरोध गरिरहेको थियो। प्रहरीको आग्रह र अवरोधलाई छल्दै रथलाई तानेर पुल्चोकको मुल सडकमा पुर्‍याएपछि स्थिति तनावग्रस्त बनेको हो। झडपकै क्रममा स्थानीयले प्रहरीको मोटरसाइकलमा आगजनी गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ भने पानीको फोहोरा पनि हानेको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले प्रहरीले सम्झाई बुझाई गर्न खोजिरहेको र स्थानीयले अटेर गरेको बताए। निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत विना…

Read More

काठमाडौं: काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरेका छन् । ‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ’ आदेशमा भनिएको छ । औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवायए सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं…

Read More