Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रौतहट: रौतहटमा आइतवार एक अन्दाजी ४० वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । गढीमाई नगरपालिका–३ लक्षमीपुरकी मिन्त्री देवीको शव गाँउछेउकै उखुुघारीमा फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गरी लुगाको सलले घाँटी कसेर हत्या गरिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको डिएसपी श्रेष्ठले बताए । महिलाको हत्याको अनुसन्धान गर्न आवश्यक जनशक्ति परिचालन गरिएकाले तत्कालै हत्याको कारण यकिनका साथ भन्न सकिने अवस्था भने नरहेको प्रवक्ता श्रेष्ठको भनाई छ । हाल घटनास्थललाई सुरक्षित राखेर मुचुल्का उठाउने काम भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।…

Read More

बलेवा: नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।” आइतबार दिउँसोसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको…

Read More

काठमाडौँ: सरकारले भदौ मसान्तसम्म लामो दूरीका सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ: ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई नियुक्त गरेको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइतबार हाछेथूलाई नियुक्त गरिएको बताए। हाछेथू ट्राफिक व्यवस्थापनमा राम्रो छवि बनाएका प्रहरी अधिकृत हुन्। उनको कामबाटै प्रभावित भएर नगर प्रहरीलाई चुस्त बनाउन उनलाई नियुक्त गरेको बताउँदै प्रमुख महर्जनले भने, ‘उहाँको नेतृत्वमा नगर प्रहरी अझै दक्ष हुने र प्रभावकारी काम गर्ने विश्वास छ।’ ट्राफिक व्यवस्थापनमा २९ वर्ष बिताएका हाछेथू २०७५ साल मंसिरमा नेपाल प्रहरीबाट अवकास भएका थिए।

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो । समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो । नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो । थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४.६४ विन्दुले बढेर एक हजार ४६२.६७ मा पुगेको छ । नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ । सेन्सेटिभ परिसूचक ०.८० ले घटेर २९६.२९ मा पुगेको छ । कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौँ ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ । नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन् । ––

Read More

चौतारा : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागु गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गर्नुभएको छ । त्यस्तै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको पनि बताइएको छ । जिल्लामा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित…

Read More

भक्तपुर : श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीयको लोकन्थलीस्थित समिट अस्पतालमा आज अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उहाँले एक सातामा पिसिआर परीक्षण गरिने बताउनुभयो । श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो…

Read More

काठमाडौं : सुन्धारास्थित केन्द्रिय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ । स्रोतका अनुसार कारागारभित्र रहेको अस्पतालमा उपचाररत एकजनालाई कोरोना देखिएपछि १७५ जना कैदीबन्दीको स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो । कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएपछि जोखिम थप बढेको छ । यसअघिका संक्रमितलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा पठाइएको थियो । आइतबार थपिएका मध्ये लक्षण भएकालाई अस्पताल र नभएकालाई आइसोलेसनमा पठाउने तयारी गरिएको छ । कारागार व्यवस्थापन विभागका एक…

Read More

कालिकोट : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । आइबार आएको पहिरोमा परेर शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनको ५ वर्षीय छोरा निराजन शाही शाही, ७ वर्षीया छोरी हिमा शाही र दुई महिनाको अर्को छोरा अकल शाहीको मृत्यु भएको छ । पहिरोले ५ घर पुरेको र घटनास्थलबाट २ जनालाई जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामबावु ओलियाले जानकारी दिए । घटनास्थलबाट तिलागुफा नगरपालिका–३ बस्ने वर्ष १३ का अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका घर भएकी ३५ वर्षीया पुन्या शाहीको जिवितै उद्धार गरिएको छ…

Read More