Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजाको भवन एक साताभित्र खाली गरी हस्तान्तरण गरिदिन भन्दै पुनः सूचना जारी गरेको छ । यसअघि पनि भवन खाली गर्न नेपाल ट्रष्टको कार्यालयले पटक पटक सूचना जारी गर्दै आएको छ । तर, कन्सेप्ट डेभलपर्सले भवन खाली गरेर हस्तान्तरण गरेको छैन । अब भने कार्यालयले ७ दिनभित्रै भवन खाली नगरे कानुनी प्रक्रियाबाट अघि बढ्ने चेतावनी ट्रस्टले दिएको छ । पुरानो सम्झौता २०७७ असार ३ गते नै सकिएपनि भवन आफैंले भाडामा पाउनुपर्ने भन्दै कन्सेप्ट डेभलपर्सले सर्वोच्चमा मुद्दा दर्ता गराएको थियो । ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको…

Read More

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १२०५ रुपैयाँ रहेको छ भने मंगलबार १२१० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर नगरबासीको स्वास्थ्य जीवनप्रति सम्वेदनशील रहेको बताएका छन् । मेयर शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरलाई हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ यो मान्यतामा हामी दृढ छौँ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’ उनले काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यताका साथ काम गरिरहेको पनि बताएका छन् ।

Read More

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । नरवणे र उनकी धर्मपत्नी बिनालाई त्रिभुवन विमास्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभु राम शर्मा र उनकी श्रीमती सुनिता शर्माले स्वागत गरेका थिए । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने नेपाली सेनाका प्रवक्ता (सहायकरथी)…

Read More

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावको मतगणना आउने क्रम जारी छ । मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ । यो समाचार तयार पार्दासम्म सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् । कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव संसारभरको चासोको केन्द्र बनेको छ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई…

Read More

एजेन्सी: रिपब्लिक टिभीका प्रधानसम्पादक अर्नब गोस्वामीलाई बुधबार राइगढ प्रहरीले पक्राउ गरेको छ । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो । गोस्वामीमाथि ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । मुम्बई प्रहरीका अनुसार रिपब्लिक टिभीले पैसा नतिरेको भन्दै सन् २०१८ मा ती इन्टेरियर डिजाइनर र उनकी आमाले आत्महत्या गरेका थिए । जी मिडियासँग कुराकानी गर्दै इन्सपेक्टर सचिन भाजेले अर्नबलाई आईपीसीको सेक्सन ३०६ र सेक्सन ३४ अन्तरगत पक्राउ गरिएको हो । यता, अर्नब गोस्वामीले पक्राउ गर्ने क्रममा आफूलाई मुम्बई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । बुधबार बिहान अर्नबलाई पक्राउ…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् । सीताको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार…

Read More

काठमाडौँ: भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह आफ्नै सैनिक विमान चढेर नेपाल भ्रमणमा आउँदै छन् । मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत उनी काठमाडौं आउने छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्य टोलीसहित उनी नेपाल आउन लागेका हुन् । भ्रमण टोलीमा पत्नी विणा पनि छिन् । तीन दिनको औपचारीक भ्रमणमा नरवणे कालिमाटी स्थित सोल्टी होटलमा बस्ने भएका छन् । बुधवार नै उनी पत्नीसहित पशुपति दर्शनका लागी जाँदैछन् । साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । डिनर कार्यक्रम कहाँ हुने भन्नेबारे नेपाली सेनाले सार्वजनिक गरेको छैन । नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी…

Read More

काठमाडौं: नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् । भारतीय न्युज एजेन्सी (एएनआई) ले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा नरवणेले यो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने भनेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने अवसरका लागि आफू आभारी रहेको उनले बताएका छन् । ओलीले २८ असोजमा गरेको मन्त्रिमण्डल पुनर्गठनमा ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर उनको जिम्मेवारी आफूसँगै राखेका थिए । एकअर्काको देशमा दर्ज्यानी चिन्ह लगाउन जाने क्रममा सेना प्रमुखले रक्षामन्त्रीलाई पनि भेट्ने चलन छ । भिडियो सन्देशमा…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ४६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष रहेका छन् । हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् । यस अवधिमा ३ हजार १४२…

Read More