Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ । यस्तै आजै चीनबाट…
काठमाडौँ : नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये ३२६ भरिएका र ३४७ खाली छन् । प्रहरीले आज सङ्कलन गरेका ६७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७६७ सिलिन्डरमध्ये शनिबार ५८५ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी रहेका १८२ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने…
काठमाडौँ: पहिलो नेपाल सुपर लिग फुटबल खेलको उपाधी काठमाडौँ रेजर्सले आफ्नो पोल्टामा पारेको छ । आज भएको फाइनल खेलमा उसले धनगडी फुटबल क्लबलाई १-० गोल अन्तरले हराएको हो। काठमाडौँको जितको लागि अफ्रिकन खेलाडी तथा खेलकै बढी गोल गर्ने क्यामरुन खेलाडी मेसुकेले गरेका थिए। उनले आफ्नो ९ खेलमा ८ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीमा रहे।
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८…
काठमाडौँ: जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताउनुभएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पार्नुभएको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ । —
काठमाडौँ: चीनले सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ। चीनले कोरोना संक्रमण फैलन सक्ने भन्दै उत्तरी मोहडाबाट हुने आरोहण स्थगित गरेको हो। नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै यस्तो निर्णय गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। चिनियाँ खेलकुद प्रशासनले शुक्रबार आरोहण स्थगित भएको सूचना जारी गरेको थियो। गत वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण भएको थिएन। यस वर्ष नेपालले ४ सय ८ जना र चीनले ३८ जनालाई आरोहण अनुमति दिएको थियो। चीनले सगरमाथाबाट कोरोना फैलिन नदिन विभाजन रेखा कोर्ने बताएको थियो। तर नेपालमा संक्रमण तीब्र भएपछि यस सिजनको आरोहण नै स्थगित गरेको हो।
काठमाडौं छिर्ने नाकाको चन्द्रागिरि नगरपालिका आज बिहानैदेखि सिल काठमाडौं उपत्यका छिर्ने नाकामा पर्ने चन्द्रागिरि नगरपालिका आज (शनिबार) बिहानैदेखि सिल गरिएको छ। काठमाडौं जिल्लामा यसै पनि निषेधाज्ञा लागू छ। त्यसमाथि थप सतर्कताका लागि चन्द्रागिरि नगरपाकिाले एक हप्ताका लागि आफ्नो क्षेत्र सिल गरेको हो। चन्द्रागिरि नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरिका अनुसार आज बिहान ६ बजेदेखि आगामी ७ गते बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक घरबाट निस्किनसमेत पूर्ण रूपमा निषेध गरिएको हो।
काठमाडौँ: सोल्टी होटलको नाम ‘दी सोल्टी काठमाडौं’ हुने भएको छ। सोल्टी होटेल र इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको व्यवस्थापन सम्झौता सकिएपछि नयाँ नामबाट ब्रान्डिङ गर्न लागिएको हो। काठमाडौंको ताहाचलमा रहेको होटल वि.सं. २०२३ सालमा सञ्चालनमा आएको थियो। ५४ वर्षको आफ्नै अनुभवमा ‘दि सोल्टी काठमाडौं’ सञ्चालन गर्ने जनाएको छ। होटलमा चिनियाँ, भारतीय र इटालियन गरी तीनथरि खानाका परिकार तयार हुने तीन रेष्टुराँहरू सञ्चालनमा छन्। अतिथि पाहुनाहरुको लागि तीन विशिष्ट रेस्टुराँसहित, होटलले पाक विशेषज्ञ सेफहरूबाट तयार पारिएका क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट र स्वादिष्ट भोजन, पारखीहरुलाई विशिष्टतासहितको स्वादको अनुभव प्रदान गर्ने होटलले जनाएको छ। ‘दि सोल्टी काठमाडौं’का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडौं…
काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६:४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने…
काठमाडौँ: एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए । सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल पक्षधर नेताहरूले पार्टीलाई एकतापूर्वको अवस्थामा ब्युँताउनुपर्ने बताउँदै आएका थिए । एमालेका पुरानो कमिटीको तल्लो तहसम्म नेपालपक्षीय नेताहरूको वर्चस्व रहेकाले पनि उनीहरूले पूर्ववत् पार्टीर् कमिटी ब्युँताउनुपर्ने माग गर्दै आएका हुन् तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी धेरै अघि बढिसकेकाले त्यो सम्भव नहुने…
