Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौ: पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् । नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताएका हुन् । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा राखे । त्यसैगरी कोषले पुँजी बजारको विकास, गतिशिलता र बजारको स्थायितत्वको बिषयमा काम गर्नुपर्ने बताए । कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराइले चालु आर्थिक बर्षको फागुन मसान्त सम्म कोषले संचालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९…

Read More

मनिला(सिन्ह्वा): फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने सरकारी अधिकारीहरूले जनाएका छन् । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ । सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट छिटो बिदा नगरे इतिहासले माफी नगर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले ‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाईलको चुनाव गराएर प्रधानमन्त्री ओली चक्रवर्ती बादशाह बनिरहने’ सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको टिप्पणी गर्दै उनलाई पदबाट छिटि बिदा नगरे इतिहासले माफी नगर्ने बताएका हुन् । उनले लेखेका छन्-“राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाँटकाँट नदेख्दा पनि…

Read More

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेदवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । रिपाोटर्स क्लब नेपाालले गरेको साक्षात्कारमा उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने सम्भावना रहेको उहाको भनाइ छ । उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भए पनि त्यो एजेण्डा नभएको बताए । अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि उनले बताए । नेता शर्माले देशको राजनीतकि परिस्थिति…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको छ’, भट्टराईले भने, ‘बाँकी निर्णय बैठकले नै गर्छ ।’ ओलीले गत फागुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले बुधबारबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । उक्त भेलालाई ओली पक्षले गुटको भेला भनेको छ । तर नेपाल खनाल पक्षले पार्टीको आधिकारिक भेला भनेर दावी गरेको छ । ओली पक्षले…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सुन आयत कोटा बढाउने भएको छ । बजारमा सुनको अभाव बढेपछि आयात कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरु सँग बुधबार भएको भेटका क्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताइन् । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताइन् । सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको बीचमा सन्तुलन ल्याउन आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक…

Read More

काठमाडौँ: नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । त्यस्तै थप ५५ संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७१ हजार ५५० जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल नेपालमा ९५४ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २४ हजार २९३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा नायव सुब्बा र लेखनदासलाई पक्राउ गरेको छ । आयोगले मालपोत कार्यालय, सिमरा बाराका कार्यालय प्रमुख ना.सु. मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई पक्राउ गरेको हो । ना.सु मनोजले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भन्दै सर्जमिन मुचुल्का सिफारिस पठाएर फुकुवा गर्ने प्रक्रिया मिलाएर फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै घुस माग गरेका थिए । आयोगले अनुसन्धानका सिलसिलामा ना.सु. मनोजले सेवाग्राहीको जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँबानेश्वर काठमाडौंमा रोक्का रहेको छ, त्यसका लागि खर्च गर्नु पर्छ…

Read More

काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से बुधबार ४०.४० अंकले फर्किएको छ । लगातार ५ कारोबार दिनमा ११७ अंकले घटेको नेप्सेमा मंगलबार २.५६ अंकको झिनो सुधार आएकोमा बुधबार उच्च अंकको वृद्धि देखिएको हो । गिरावटपछि आएको बाउन्स ब्याकमा ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेर सकारात्मक सर्किट लागेको छ । सूचक बढेसँगै नेप्से २ हजार ५३२.२४ बिन्दुुमा पुगेको छ । बुधबार २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटकको कारोबारबाट कारोबार रकम ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार १२ लाख कम कारोबार भएको छ । कारोबारमा…

Read More

काठमाडौँ: काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताउँछन् । उनका अनुसार अन्य आपराधिक गतिविधि चोरीठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको जानकारी दिए । प्रहरीले लागुऔषध कारोवारी सक्रिय भएको आशङ्कामा नाका र सम्भावित जोखिम क्षेत्र पहिचान गरी सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ…

Read More