Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ५०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ: नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। ३३ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । बैंकले पुस मसान्तसम्म २ अर्ब १ करोड ६० लाख खुद नाफा गरेको छ । बैंकको नाफा १.२७ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी साढे ९ प्रतिशतले घटेर ३ अर्ब १२…

Read More

काठमाडौं: चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग राकेशको स्वामित्वमा छ । उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ । त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएका उनलाई आवश्यक कारवाहीका लागि जिप्रका सर्लाही पठाउने एसएसपी सिंहले बताए ।

Read More

काठमाडौँ: अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन सम्बन्धीका मुद्दालाई समेट्दै नयाँ कार्यकारी आदेश जारी गरेका छन्। जारी आदेशमा सीमित स्थान र क्षेत्रबाहेक उर्जा उत्खननमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने नीति लिइएको आदेशमा उल्लेख छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौती गर्दै उर्जा उत्पादनलाई बढावा दिएकोमा बाइडेनले त्यसलाई पनि उल्ट्याइ दिएका हुन् । कार्यकारी आदेश जारीपछि बाइडेनले जलवायु परिवर्तनले सिर्जित संकट समाधानमा अमेरिकाले विश्वको नेतृत्व लिने बताउँदै सुरूवात अमेरिकाबाटै भएको बताए । ‘हामीले धेरै लामो समय पर्खिसक्यौँ…

Read More

काठमाडौँ: चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । प्रारम्भिक दृष्टिमा अवहेलना स्थापित नहुने निवेदनलाई अस्वीकार गर्ने नीति लिएको सर्वोच्चले बुधबार भने सरकारलाई बल पुग्ने गरी निवेदन स्वीकार गरेको हो । तीन निवेदनमा पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशील कार्कीलाई विपक्षी बनाइएको छ । दुई दिन ‘होल्ड’ मा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका दुई निवेदन दार्ता गरेको सर्वोच्चले त्यसको प्रतिवादमा आएका अरु छुट्टै अवहेलनाका निवेदन पनि दर्ता गरेको हो । सबै…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए । वरिष्ठ अधिवक्ता संग्रौलाले संविधानको प्रस्तावनाबाट बहस थालेका थिए । उनले प्रतिनिधिसभा, कार्यपालिकासँग सबै धारालाई हेर्नुपर्ने बताए । प्रतिस्पर्धात्मक बहुदलीय संसदीय व्यवस्था भएकाले संविधानको व्याख्यामा सचेत हुनुपर्ने तर्क गरे । उनले प्रधानमन्त्रीले हुँदै नभएको अधिकारका आधारमा प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । उनले जनताभन्दा माथि कोही भएको मान्यता राख्न नसकिने र प्रतिनिधिसभा…

Read More

काठमाडौँ: प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८…

Read More

काठमाडौं: निजी क्षेत्रका संस्थाहरुले आर्थिक मुद्दाहरुमा एकता गरेर अघि बढ्न सक्ने घोषणा गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक मुद्दामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयक अन्तरकृयामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनीहरुले पछिल्लो समयमा निजी क्षेत्रहरुले आर्थिक मुद्दाहरुमा एकताका साथ अघि बढेको बताउँदै आगामी दिनमा त्यसका लागि तयार भएको बताए । साथै, साउथ एशियन वाच अन ट्रेड एण्ड इकोनमिक्स एण्ड इन्भाइरोमेण्ट (सावती)का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको…

Read More

काठमाडौँ: कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ । समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व रक्षा गर्न, खाद्य सम्प्रभूताको सम्मान गर्न, जैविक विविधता र पर्यावरण संरक्षण गर्न, आत्मनिर्भरमुखी रैथाने खेतीपाती पद्धतिको संरक्षण गर्न, कृतिम रसायन र जिएमओको उच्चतम प्रयोगबाट मानव स्वास्थ बचाउन आग्रह गरिएको छ । समूहले नेपाली संस्कृतिमा आधारित कृषि प्रणालीको संरक्षण गर्न, खेतीयोग्य जमीनको स्वामित्व हस्तान्तरण रोक्न,…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण पार्टी एकता संकटमा पुगेको आरोप लगाएका छन् । निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्यका बारेमा सार्जवनिक रुपमा टिप्पणी गर्दै नेता पोखरेलले ‘प्रचण्ड’को सत्ता स्वार्थकै कारण पार्टी एकता संकटमा पुगेको बताएका हुन । निर्वाचन आयोगले दुवै पक्षलाई वैधानिकता नदिएको अवस्थालाई टिप्पणी गर्दै पोखरेलले प्रचण्ड-नेपाल पक्षले जंगली महत्वाकांक्षा बोकेर आमजनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर गरिएका आत्मघाती कामहरूका बारेमा पश्चाताप गर्ने र क्षमा माग्न आग्रह गरेका छन् ।

Read More