Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ । काठमाडौं उपत्यकामा थपिए ५४८ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ५९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १४०४…
काठमाडौं : वाणिज्य बैंकहरुको भाउमा उछाल आएपछि आइतबार समग्र सेयर बजारमा रौनकता छाएको छ । खरिदबिक्री रकम र नेप्से सूचक दुवैमा नयाँ कीर्तिमान बनिरहेको छ । अधिकांश बैंकको भाउ बढेपछि सूचकले छलाङ मारेको हो । यस दिन करिब दर्जन वाणिज्य बैंकहरुको भाउ सर्किट लाग्ने गरी बढेका छन् । बैंकिङमा उछाल आउने वित्तिकै समग्र बजार सूचकले नयाँ उचाई लिने गर्छ । त्यसो त यसअघि बैंकको भाउ खासै बढेको थिएन । त्यही भएर पनि अहिले रौनक सुरु भएको हो । खरिदबिक्री रकमलाई औसतमा हेर्दा प्रतिमिनेट ३ करोड ८४ लाख रुपैयाँ भन्दा बढीका हिसाबले कारोबार भएको देखिन्छ । बजार वियरिस हुँदा दिनभरको…
काठमाडौँ: लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान शुरु गरेको छ । स्थिल अवस्थामा रहेको पर्यटनलाई यसले थोरबहुत गति प्रदान गर्नेछ । आउँदो शनिबार डिसेम्बर ५ देखि शुरु हुने यो माउण्टेन फ्लाईटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । अझ ट्रेकिङ जान नसक्नेका लागि यो गज्जबैकै अफर हो । बुध्द एयरले यसका लागि रु. 8,900 भाडा तोकेको छ । यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ । टिकटका लागि बुध्द…
काठमाडौँ: चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए। “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो…
काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा…
काठमाडौं : निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै छन् । गोल्छाले आज (आइतबार) अध्यक्षको पदभार ग्रहण गर्नेछन् । तीन वर्षअगाडि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छा महासंघको विधानअनुसार स्वतः अध्यक्षको जिम्मेवारी लिन गइरहेका हुन् । त्यस बेला उनले वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानसँग प्रतिस्पर्धा गरेका थिए । कार्यकाल तीन वर्षको भए पनि उनले साढे २ वर्षभन्दा कम समय मात्रै अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । अर्थतन्त्र सबैभन्दा जटिल अवस्थामा पुगेका बेला उनी निजी क्षेत्रको नेतृत्वमा आएका छन् । विगतका भूकम्प, नाकाबन्दी, बिग्रिएको श्रम सम्बन्धबाट पनि पार पाउँदै अगाडि बढेको निजी क्षेत्र कोभिड १९ का…
काठमाडौँ: चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् । एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् । भ्रमण पुरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मकवानपुर: कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि बागमती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरिसकेको छ । सोअन्तर्गत प्रदेशका विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरुका लागि तीन हजार ७६६ स्थायी दरबन्दी र २८३ अस्थायी दरबन्दी कायम हुने गरी कर्मचारी व्यवस्थापनको काम अघि बढाइएको हो । प्रदेश सरकारले कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ बमोजिम प्रदेश सेवाको कानून बनेपछि सोहीअनुसार सेवाका शर्तहरु कायम हुने गरी स्वीकृत दरबन्दीमा रिक्त पदहरु पदापूर्ति गर्न प्रदेश लोकसेवा आयोगसँग माग गरेको…
काठमाडौँ: चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् । फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले निर्वाचनपछि पक्ष-विपक्ष सकिएको बताएका छन्। ‘मैले पहिला पनि भनेको थिएँ, १३ गते (शनिबार) पछि पक्ष-विपक्ष हुँदैन। हामी सबै एकै ठाउँ हुन्छौं,’ निर्वाचित भएपछि संचारकर्मीसँग ढकालले भने, ‘मेरो अध्यक्ष शेखर गोल्छा नै हो। हामी एक ठाउँमा बसेर निजी क्षेत्रको आवाज उठाउनेछौं।’ ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा समेत राखे। उनले आफूले उठाएको २५ बुँदे कार्यक्रमलाई समेत अगाडि बढाउँदै ती मुद्दा समाधानका लागि सरकारका निकायसँग एडभोकेसी गर्ने पनि बताए। ढकालले सबै क्षेत्रको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताउँदै सबैको मुद्दालाई साकार बनाउन लाग्ने समेत प्रतिवद्धता जनाए। उनले आफ्ना…
