Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : हत्याकाण्डमा दोषी ठहरी जेल सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई एमाले नेता महेश बस्नेतले भेटेका छन । जेलभित्रै पुगेका बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता हुन । कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी भेट गरेका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पु¥याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट गरेका हुन्। ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ। जसपाले सरकारमा सहभागिताका लागि चौधरी लगायतका सो पार्टीका नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता र रिहाइको शर्त राख्दै आएको छ।…

Read More

काभ्रे :निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ। उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएको र उनको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मृत्युपछि शंका लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जानकारी दिए। थप सुरक्षाका मापदण्ड अपनाई अस्पतालको सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ। निधनपश्चात् कोरोना पुष्टि भएको पुरुषको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गरेको छ। यसैबीच, जिल्लास्थित कोभिड–१९ रोकथाम…

Read More

काठमाडौँ: ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) शुक्रबार आज मध्यान्न साढे १२ बजे बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार साढे १२ बजे ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा बाँडफाँड गरिन लागिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मंगलबार गरिएको आईपीओको प्रि अलटमेन्ट अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । यसअनुसार आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना ९दोहोरो आवेदक सहित० आवेदकको हात खाली हुने देखिएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७।७६ प्रतिशत हो । कुल…

Read More

काठमाडौँ: नेकपा विवाद चर्किँदा गुट छाडेर मुख्यमन्त्री शेरधन राईलाई साथ दिने एमाले र माओवादीका नेताहरूले मन्त्री पद पाउने निश्चित भएको छ। शुक्रबार विस्तार हुने प्रदेश १ मन्त्रिपरिषदमा माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङ, माधव नेपाल समूह त्यागेर ओलीमा प्रवेश गरेका उषाकला राई लगायतले मन्त्री पद पाउने निश्चित भएको हो। नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीहरूले राजिनामा दिएपछि पाँच सदस्यीय रहेको प्रदेश मन्त्रीपरिषदमा चार जना थप गर्ने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टंक आङबुहाङले जिम्मेवारी पाउने भएका छन्। माओवादी केन्द्रले उनको सांसद पद खारेजको प्रक्रिया सुरू…

Read More

काठमाडौँ: नेकपा एमाले, नेपाल पक्षका नेता योगेश भट्टराईले २०४७ सालको संविधानप्रति मदन भण्डारीले राखेका २७ बुँदे फरक मत एकपटक सबैलाई पढ्न आग्रह गरेका छन्। २०४७ कात्तिक २५ गते खुलामञ्चमा आयोजित आमसभामा भण्डारीले राखेको आलोचनात्मक समर्थनकै विषयमा आज बहस भइरहेको उल्लेख गर्दै नेता भट्टराईले एकपटक त्यसलाई मनन गर्न आह्वान गरेका हुन्। उनले भनेका छन्, ‘२०४७ सालको संविधानप्रति पार्टीका तर्फबाट कमरेड मदन भण्डारीले २७ बुँदे फरक मत प्रेषित गर्नुभएको थियो। ती २७ बुँदा सबैले एकपटक पढौं।’ तर कतिपयले भण्डारीले प्रस्तुत गरेका बुँदाविपरीत धारणा राखेको असन्तुष्टि व्यक्त गर्दै भट्टराईले मदन भण्डारीचाहिँ गलत थिए भन्न खोजिएको हो भनेर प्रश्न पनि गरेका छन्। ‘२०४७ कार्तिक…

Read More

कोरोना संक्रमणको अवस्था अहिले बिग्रिसकेको छैन। भारतमा जस्तो हाम्रोमा देखिएको छैन। तर अत्यन्त सतर्क रहिरहनुपर्ने अवस्था छ। नेपालका सीमासँग जोडिएका भारतीय राज्यमा के भइरहेको छ, त्यो हेर्नुपर्ने हुन्छ। उत्तर प्रदेश र बिहारमा बिरामीको संख्या बढेका छन्। यी प्रदेशबाट नेपालमा आवतजावत बढी हुन्छ। मानिस ठूलो संख्यामा आउँछन्। हजारौं आउँदा सयौं संक्रमित पनि हुन सक्छन्। नेपालभित्र अहिले पनि सक्रिय संक्रमित हजार जना छन्। थाहा पाएको हजार हो। थाहा नपाएका जति पनि हुन सक्छन्। यो पनि हामीले बिर्सन हुन्न। उनीहरू छरिएर रहेका छन्। भारतबाट आउने र नेपालभित्रै रहेकालाई जोडेर हेर्ने हो भने कुनै पनि बेला संक्रमण तीव्र रूपमा फैलिने खतरा छ। भारतबाट आउनेहरूलाई…

Read More

काठमाडौँ: बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये आज एक अभियुक्त पक्राउ परेका छन्। सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फैसला कार्यान्वयनलाई अभियानका रुपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा आज घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामा पक्राउ परेका हुन्। घटना २०६४ असोज ९ गते दिउँसो तिलाठी कोइलाडी–५ को बर्साइनस्थित घना काँसघारीमा भएको हो। आरोपित सोही ठाउँका…

Read More

सिन्धुपाल्चोक: आफैँले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकमा एक बृद्धको मृत्यु भएको छ। पाँच पोखरी थाङपाल गाउँपालिका- ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्कालाई आफैँले पालेको राँगोले हान्दा मृत्यु भएको हो। बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन्। राँगोले हान्दा खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए। रासस

Read More

काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ। विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ। अनुसन्धान अधिकृत २१ जना माग भएको छ। अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो। अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ। साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ। सहायक सूचक पदमा…

Read More

काठमाडौँ; सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन्। झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ। उता अध्यक्ष ओलीले भने आजै संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छ’, भट्टराईले भने। बालुवाटारमा हुने संसदीय दलको…

Read More