Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कोरोना भाइरसको संक्रमण फैलदै गएपछि बेलायतले दोस्रो पटक गरेको लकडाउन हटाउने तयारी गरेको छ । बेलायतले क्रिसमसका बेला लकडाउन खुकुलो बनाउन लागेको हो । बेलायत सरकारले डिसेम्बर २ मा लकडाउन हटाउने भएको हो । यद्यपि अझै पनि जोखिम र सङ्क्रमण वृद्धि भइरहेका स्थानमा भने अरू प्रतिबन्धहरू कायम नै हुनेछन् । लकडाउन हटाउने योजनासहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत साता ‘कोभिड विन्टर प्लान’ घोषणा गरेका थिए । सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ । अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन् । कोभिड-१९ को सङ्क्रमण…
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने बैठकमा ओली र प्रचण्डको प्रतिवेदनमा छलफल हुनेछ । यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ । आफूविरूद्ध लागेको लाल्छनामा दाहालले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ । अन्यथा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णभन्दा टसमस हुन नपाइने गरी ओली पक्षले दबाब दिने तयारी गरेको स्रोतले जनाएको छ । कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य…
काठमाडौँ: व्यवसायी अजेयराज सुमार्गीविरुद्ध प्रकाशित समाचार सत्यतामा आधारित नरहेको ठहर्याउँदै काठ्माडौं जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सले खण्डन छाप्नुपर्ने ठहर गरेको छ। आर्थिक सौदाबाजी गरी आफूबाट अनुचित लाभ लिने नियत राखी आधारहीन समाचार छापेको भन्दै सुमार्गीले कान्तिपुर पब्लिकेसन्स‚ अध्यक्ष कैलाश सिरोहिया‚ निर्देशक स्वस्तिका सिरोहिया र प्रधानसम्पादक सुधिर शर्मालाई विपक्षी बनाई गाली बेइज्जती मुद्दा दायर गरेका थिए। सोमबार गरिएको अन्तिम फैसलामा न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले कान्तिपुरले खण्डन छाप्नुपर्ने फैसला गरेको हो। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले सौदाबाजीको उद्देश्यले भ्रामक सामग्री प्रकाशन–प्रसारण गरेको सुमार्गीको आरोप थियो। कान्तिपुरलाई नजराना चढाएर मात्रै व्यापार गर्न पाइने खराब नजिर बसेको भन्दै सुमार्गीले सिरोहियाले पत्रिकाको दुरुपयोग गरेको बताएका थिए।…
रोल्पा: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताउनुभएको छ । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भन्नुभयो, ‘‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’’ उहाँले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताउनुभयो । ऊर्जामन्त्री पुनले भन्नुभयो, “दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।” वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उहाँले सो…
काठमाडौँ: पछिल्ला दिनमा शेयर बजारमा नेप्से लगातार उकालो लागेपछि नियमक निकाय नेपाल धितोपत्र बोर्डले सजगता अपनाएर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्थाको विश्लेषण गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । बोर्डका प्रवक्ता गिरीले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदिलाई समेत दृष्टिगत गरी सुझबुझपूर्ण रुपमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । धितोपत्रको प्राथमिक बजारमा कूल आठ लाख लगानीकर्ता रहेका छन्…
काठमाडौँ, १५ मङ्सिर (रासस): नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले आज पदभार ग्रहण गर्नुभएको हो । महासङ्घका अनुसार, आजै बसेको केन्द्रीय कार्यकारिणी समितिले मतदान प्रक्रियाबाट कोषाध्यक्षसमेत चयन गरेको छ । महासङ्घको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित हुनुभएको छ । कार्यकारिणी समितिमा भएको मतदानमा शिराचनले ४० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिबी बस्नेतले ३१ मत प्राप्त गर्नुभयो । शनिबार सम्पन्न महासङ्घको निर्वाचनमा हिराचन वस्तुगत सङ्घबाट र बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको थियो । महासङ्घले आइतबार नै विशिष्ट सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारकालाई…
काठमाडौं: कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने भारतीय नागरिक रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दीपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनहरुको साथबाट नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । “अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक मरासिनीले भने, “भारतीय नागरिक शर्मा र बम (श्रीमान्–श्रीमती) यहाँ…
काठमाडौं: नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता भने हुन नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ । टेलिकमले आज एक सूचना प्रकाशन गर्दै फोरजी…
काठमाडौं: नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । सोमवार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ । काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म उपत्यकामा कोरोना सक्रमितको संख्या १ लाख ९ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५…
