Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । अर्थ मन्त्रालयले प्रस्ताव गरी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यविधि अनुसार कर्जा प्रवाह सम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति हुनेछ । समितिले उद्योग, कृषि, उर्जा, स्वास्थ्य, पर्यटन , शिक्षा, सूचना प्रविधि लगायतका क्षेत्रमा आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविस्कारकर्तालाई कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गर्नेछ । त्यस्तै समितिले प्रस्तावको छनौट, कर्जा रकमको…
काठमाडौँ: प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका नेता पौडेल पक्राउपछि भएको चौतर्फी दबाबपछि प्रहरीले उनलाई रिहा गरेको हो । रिहाइपछि पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। अहिले घटनाको विषयमा थप रणनीति तय गर्न नेताहरु कांग्रेस तनहुँ जिल्ला कार्यालयमा भेला भएका छन्। तनहुँमा भएको तनावका बीच प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेललाई तत्काल रिहाई नगरे देशव्यापी प्रतिरोध गर्ने…
काठमाडौँ: नेकपा सचिवालयको बैठक २० मिनेट मात्रै बसेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा अनुपस्थित थिए । आज बसेको बैठक मंसिर २० गते फेरि बस्नेगरी सकिएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालयको बैठक मंसिर २० गते दिउँसो १ बजे फेरि बस्नेछ । भोलिका लागि बोलाइएको स्थायी कमिटिको बैठकसमेत मंसिर २१ गतेका लागि सार्ने निर्णय समेत भएको छ ।
काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।
काठमाडौँ:नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन्। क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने हो भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै फागुन ७ देखि पार्टीको १४ औं महाधिवेशन गर्न सम्भव हुने पौडेलले बताए। ‘क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ,’ तनहुँमा बुधबार बिहान पत्रकारहरूसँग उनले भने, ‘तोकिएकै समयभित्र महाधिवेशन गरौं, पार्टीलाई संकटतर्फ जान दिन हुन्न।’ सभापति शेरबहादुर देउवाको कार्यकाल फागुनमा सकिँदैछ। त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ। त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ। मंसिरभित्रै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने नेता पौडेलले बताएका छन्। यसअघि बसेको कांग्रेस केन्द्रीय समितिले मंसिरभित्र क्रियाशील सदस्यता वितरण…
पाल्पा: पाल्पा र स्याङजाका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो । पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ गते अस्पताल भर्ना भएका थिए । मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् । हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै…
काठमाडौं: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ कम्पनीलाई कारबाही गरेको छ । विभागद्वारा सञ्चालित दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि ती कम्पनीमाथि कारबाही गरिएको हो । विभागको कारबाहीमा पर्नेमा काठमाडौं टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् । उक्त कम्पनीहरु मार्फत विभागले कुल १ लाख २१ हजार रुपैयाँ जरिवान असुल गरेको छ । मंगलबारको बजार अनुगमनका क्रममा…
काठमाडौँ: यसवर्ष श्लेषमान्तक वनमा शतबीज छर्न नपाइने भएको छ। कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकोले शतबीज छर्न तथा महाद्वीप बाल्न यसपटक नदिइने भएको हो। पशुपति क्षेत्र विकास कोषले गत वर्षहरूमा जस्तो शतबीज छर्न आउनेका लागि गर्ने व्यवस्थापन यसपटक गर्ने छैन। श्लेषमान्तक वन, मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गरिन्छ। आफन्त गुमाएकाहरूले श्लेषमान्तकलगायत ठाउँमा शतबीज छर्ने प्रचलन छ। पशुपति क्षेत्र विकास कोषले पनि यसवर्ष कोरोना महामारीको जोखिम रहेकोले भिडभाड हुने गरी शतबीज छर्न नदिइने बताएको छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गर्थे। पशुपति मन्दिर भने पुस १ गतेदेखि पूजापाठका लागि खुल्ला गर्न…
दिपायल: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताए । उनले भने, “अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ ।” मुख्मन्त्री भट्टले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत रहेको उल्लेख गर्दै प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतत्वले अहिले सरकार फेरबदेल हुने तथा कम्युनिष्टको एकता टुट्दै छ…
