Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ । आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो । यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन् । नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन् । गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ । इपिएलमा छ फ्रेन्चाइज टोली काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र…
काठमाडौँ: छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सरकारले विभिन्न पाँच स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२, बझाङको तलकोट गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–९ तथा गल्याङ नगरपालिका–१ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । सम्बन्धित क्षेत्रमा पर्ने चार किल्लाभित्रका जग्गा÷स्थानलाई ग्राम घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले पहिलो चरणमा ३२ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । ती स्थानीय तहमा औद्योगिक पूर्वाधार विकास गर्न…
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा सो प्रगति हासिल गरिएको जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री रामेश्वरराय यावदले आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले सीपमूलक तालीमलाई थप प्रभावकारी बनाउनु, आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारीलाई उपलब्धिमूलक निर्देशन दिनुभयो । सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरीदको सूचना…
काठमाडौँ: चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । आज दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् । अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताउनुभयो । उहाँले अहिले त्यहाँ रहेका विद्यार्थीलाई खानाका लागि समस्या भएकाले सरकारले चाँडोभन्दा चाँडो नेपाल ल्याई उद्धार गर्नुपर्ने बताउनुभयो । चीनमा अहिले कोरोना भाइरस फैलिएर त्रास रहेको छ । सरकारले चाँडै नै चीनमा रहेका विद्यार्थी र नागरिक ल्याई उपत्यकाका चार ठाउँमा राख्ने निर्णय गरेको हो । चीनबाट नेपाल…
काठमाडौँ: राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा सन्तोष तामाङ नायक बने । दुवै गोल सन्तोषले नै गरे । खेलको १६ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सन्तोषले पहिलो गोल गरे । कप्तान भरत खवासलाई डिबक्सभित्र एपिएफका डिफेन्डर रमेश दङ्गालले लडाएपछी आर्मीले पेनाल्टी पाएको थियो । त्यस्तै खेलको ३७ औँ मिनेटमा एपिएफका आशिष लामाले…
काठमाडौं: नेपाल राष्ट्र बैंकले सबै बैकहरुलाई बालुवाटारको सरकारी जग्गा धितोमा ऋण लिएको भए त्यसको विवरण पठाउन पत्र लेखेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बिहीबार सबै बैंकहरुलाई पत्र लेख्दै त्यसरी ऋण प्रवाह गरेको भए त्यसको अवस्था र रकमको बारेमा राष्ट्र बैंकमा विवरण पठाउन निर्देशन दिएको हो । बैंकका प्रवक्ता गुणाकर भट्टले त्यसरी पत्र लेखेको जानकारी दिँदै बैंकहरुबाट विवरण आएपछि अरु प्रक्रिया सुरु हुने बताए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने, त्यस्तो जग्गा आफ्नो नाममा ल्याउने तथा त्यसरी प्रत्यक्ष रुपमा संलग्न नभए पनि अहिले जग्गा आफ्नो स्वामित्वमा रहेका व्यक्तिहरुलाई…
अल्माटी, कजाकस्तान(एजेन्सी) : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छिन । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लागेको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेको छ । उनीहरु अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेको थियो । कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँड्नु (स्पेसवाक) भएको थियो ।…
वासिङटन(एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएको हो । आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रत्रिया अगाडि बढेको थियो । राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सबाट अर्थात तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति भएको अमेरिकी सञ्चारमाध्यम बताउँछन् । महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गर्नुभएको भन्ने पक्षमा ४८ मत परेको थियो ।…
काठमाडौँ: ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलपछि उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले विश्वविद्यालयको मूलभूत सिद्धान्तका बारेमा विधेयकमा अलि प्रस्ट हुन नसकेको टिप्पणी गरे । त्यस्तै सांसद डा विमला राई पौडेलले सम्बन्धित निकायसँग प्राप्त छलफल गरेर मात्रै विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए । सांसद रामप्रीत पासवानले संविधानमा व्यवस्था गरिएको समानुपातिक व्यवस्थालाई विधेयकले ध्यान नदिएको…
एजेन्सी: चीनमा कोरोना संक्रमित महिलाबाट स्वस्थ रुपमा जन्मिएकी शिशुमा केही घण्टाभित्रै सोही रोगको संक्रमण भएको पुष्टि भएको छ । जन्मिएको ३० घण्टापछि ती शिशुमा कोरोना संक्रमण देखिएको हो । यी शिशु चीनमा सबैभन्दा कम उमेरमा कोरोनो भाइरस संक्रमित बिरामी भएकी छिन् ।क्वारेन्टाइनमै स्वस्थ्य शिशु जन्मिएपछि डाक्टरहरुले खुशी व्यक्त गरेका थिए। फेब्रुअरी २ मा वुहानको एक अस्पतालमा शिशुको जन्म भएको थियो। उनकी आमा कोरोनो संक्रमित सुत्केरी महिला केही दिनदेखि सो अस्पतालमा क्वारेन्टाइनमा रहेकी थिइन् । जन्मदा उनको तौल ३.२५ केजी रहेको थियो । भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको छ ।
