Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नक्सा जारी गर्ने सन्दर्भमा आफूले ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन्। काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा शनिबार ललितपुरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफू प्रलोभनमा नभूलेको र धाकधम्कीले नडराएको बताएकी हुन्। विगतमा छुटेको नेपाली भू–भाग समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरु झेल्नुपरेको उल्लेख गर्दै उनले राष्ट्रका लागि त्यो निकै महत्वपूर्ण तथा ऐतिहासिक काम भएकाले आफू अठोटका साथ अगाडि बढेको र अद्यावधिक नक्सा जारी गर्न सफल भएको बताइन्। ‘नेपालको भूगोल समेटिएको नक्सा हामीसँग थिएन र यो बनाउनु निकै चुनौतीपूर्ण…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । परीक्षणमा पोजेटिभ देखिएकामध्ये ४० जनाको बीमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो । जसमा जनप्रतिनिधि र सबै…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ । यसअघि शुक्रबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ थियो । पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।…

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारमा शनिबार भएको भेटवार्ता पनि सवाल जवाफमै सिमित बनेको छ । ओली र प्रचण्डबीच झण्डै ३५ मिनेट एक्लाएक्लै भएको वार्तामा दुवै अध्यक्षले पूर्ववत अडान नछोडेपछि विवाद जस्ताको तस्तै रहेको हो । शनिबार बिहान ११ बजे प्रधानमन्त्रीसमेत रहेका ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । ओलीसँगको भेटवार्ताका क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले सम्वाद सुरु गर्दै नेकपा ठूलो त्याग, तपस्या र बलिवादनबाट बनेको पार्टी भएकाले हरहालतमा फुटबाट जोगाउनुपर्ने धारणा राखेका थिए । ‘यो पार्टी तपाईं हामी सबैको त्याग, तपस्या र बलिदानबाट बनेको हो । यसप्रति धेरै…

Read More

काठमाडौं: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओली ३ बर्षपछि खुमलटार पुगेका हुन् । नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् । प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो । ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए । यसअघि बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो । ती भेटवार्ता सकारात्मक बन्न सकेका थिएनन् । गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप…

Read More

काठमाण्डौं: जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को प्रगतिबारे ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्त र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी लिएका छन् । आयोजना प्रमुखसहित कर्मचारी र डिपीआरको जिम्मा पाएको कन्सल्ट्यान्टका प्रतिनिधिसँग मन्त्रीद्वयले शुक्रबार ऊर्जा मन्त्रालयमा प्रतिवेदनबारे जानकारी लिएका हुन् । त्यस क्रममा डिपीआरको काम गदै आएको अमेरिकन कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले प्रतिवेदनको प्रगतिबारे जानकारी गराएका थिए । भारद्वाज र ढकालले डिपीआरको काम करिब ८५ प्रतिशत सकिएको बताए । बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव कन्सल्ट्यान्टका तर्फबाट आएको छ । त्यसका…

Read More

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको छ । शुक्रबार पेरिस डाँडामा प्रदेश-१ का दाहाल-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने धारणा राखेका हुन् । अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । उनले पार्टी भित्र देखिएको गलत प्रवृतिहरुका विरुद्धमा कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए…

Read More

काठमाडौँ: आज शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ। बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ। यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

Read More

एजेन्सी: पाकिस्तानका विदेशमन्त्र शाह महमुद  कुरेशीले भारतले पाकिस्तानमाथि ‘सर्जिकल आक्रमण गर्ने तयारी गरिरहेको’ आरोप लगाएका छन् । युनाइटेड अरब इमिरेट्सको राजधानी अबु धाबीमा पत्रकारहरुसँग शुक्रबार कुराकानी गर्दै पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेशीले भारतले आक्रमण गरे पाकिस्तानले प्रत्याक्रमण गर्ने चेतावनी दिएका छन् । आफ्ना गुप्तचर स्रोतले भारतले पाकिस्तानी भूमिमाथि घात लगाएर आक्रमण गर्ने तयारी गरिरहेको सूचनाहरु संकलन गरेको जानकारी पनि कुरेसीले दिएका छन् । उनले पत्रकारहरुलाई जानकारी दिएअनुसार, यो निक्कै गम्भीर कुरा हो । उनले भारले आफ्ना नजिकका सहयोगीहरु ठानेका मुलुकहरुबाट त्यस कार्यमा सहमति प्राप्त गर्नको लागि कोशिश गरिरहेको पनि आफ्नो जानकारीमा रहेको बताए । भारतको सम्भावित सैनिक आक्रमणका विरुद्ध अन्तर्राष्ट्रिय…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्रीले लिने निर्णयमा राष्ट्रपति सहयोगी देखिएको अवस्थामा नेकपाभित्रको आन्तरिक कलहको सिकार संघीय संसद् हुने त होइन भन्ने आशंका जन्मिएको छ । पार्टी स्थायी कमिटी बैठकमा प्रतिबद्धता गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन अटेर गरेका प्रधानमन्त्री ओलीले कतै संसद् विघटनको बाटो रोज्ने त होइनन् भन्ने आशंका उनकै पार्टीभित्र गर्न थालिएको छ । गत वैशाखमा पनि संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारीपछि अप्ठेरोमा परेका ओलीले मध्यावधि निर्वाचनमा जाने विकल्पका विषयमा निकटकासँग परामर्श गरेका थिए । अहिले ओली त्योभन्दा पनि…

Read More