Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भए पश्चात उपत्यकाकोसडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालनागराउने कार्य एकसाथ थालेको छ । लकडाउन खुले पनि कोरोनाभाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेनगरेको,चालक र यात्रुले मास्क लगाएकोनलगाएको, तोकिएको भाडादर लिएनलिएको, ५० प्रतिशत मात्र यात्रु राखेनराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी…
सुर्खेत: विभिन्न प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार-चार जना तथा कालीकोट र सुर्खेतमा दुई-दुई जनाको मृत्यु भएको छ । हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब रु छ करोड ६५ लाख ५३ हजार ७९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ: सररकाले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । यही साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयले ‘प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७’ स्वीकृत गर्दै उक्त व्यवस्था लागू गरेको हो । उक्त मापदण्डबमोजिम प्रमुख जिल्ला अधिकारीले पीडितको खोज उद्धार कार्यका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति जुनसुकै बेला परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेछ । यस्तै आपत्कालीन अवस्थाका लागि खाद्यान्न र लत्ताकपडा भण्डारण गर्नुपर्नेसमेत व्यवस्था गरिएको…
काठमाडौँ: यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कम मात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू् हुन सकेको छैन । चार महिना लामो बन्दाबन्दी मङ्गलबार अन्त्य भएपछि धेरै मानिस बाहिर निस्कन थालेका छन् । सुन्दरीजलबाट रत्नपार्क चल्ने बा३ख ६२३ नं को सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताउनुभयो । सिट क्षमताभन्दा आधा कम मात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उहाँले बताउनुभयो । चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन् । राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका…
काठमाडौं: निजी विद्यालयहरुले कोभिड–१९ महामारीको विद्यमान विषम परिस्थितिमा न्यूनतम शुल्क (ट्युसन फी) लिएर भर्चुअल कक्षा सञ्चालन तथा रेडियो र टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा समेत सरकार अनुदार हुँदा विद्यालय बन्द गर्नुपरेको बताएका छन् । सरकारले न्यूनतम शुल्क समेत लिन नदिएपछि देशभरका निजी विद्यालयहरु साउन १ देखि बन्द छन्, जसका कारण निजी विद्यालयमा शिक्षण पेसामा आवद्ध शिक्षक÷शिक्षिका तथा अन्य कर्मचारीहरुको रोजगारी संकटमा परेको छ । सरकारले लकडाउन हटाएपनि विद्यालय सञ्चालन गर्ने मिति तोकेको छैन । जसका कारण विद्यार्थी भर्नामा समस्या भइरहेको छ । यसै परिप्रेक्ष्यमा नेपाली कांग्रेसको लगानी, पूर्वाधार तथा रोजगार समितिले निजी विद्यालयहरु र यिनीहरुका संगठन– प्याब्सन तथा एन–प्याब्सनसँग शिक्षामा निजी लगानीको…
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले महासंघको वार्षिक साधारण सभासम्बन्धी अनधिकृत एवं कपोकल्पित र भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । महासंघले २०७७ असार ६ गते बेलुका ९ः४३ मा महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको तयारीको विषयमा मोनीका अधिकारीद्वारा प्रेषित प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्षले गरेको ट्वीटको हवाला दिनुका साथै अन्य २ जना उपाध्यक्षले क्रमशः किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित विषयवस्तु भ्रामक भएको महासंघको भनाई छ। ‘उक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका असम्बन्धित व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको पाइएको र यो पत्रकारिताको सामान्य सिद्धान्तको…
काठमाडौं: सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ। अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ। ‘लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर छ,’ गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले भने। सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ। तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ।
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्। ‘म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’ सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर फेरि बढ्न सक्ने पनि डा गौतमले बताए । उनले भने, ‘हामीले सावधानी अपनाएनौं भने संक्रमण दर बढ्न पनि सक्छ, हामीले छिमेकी देशहरुको उदाहरणबाट पनि सिक्न सक्छौ।’ सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन आजदेखि अन्त्य गरेपनि व्यक्ति स्वयंले कोरोनाबाट बच्न सचेत हुनुपर्ने डा गौतमको भनाइ छ । ‘सरकारले…
काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । ५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा कोरोना पुष्टि भएको डा गौतमले बताए । डा गौतमका अनुसार हाल देशभर ५ हजार ३ सय ७० जना संक्रिय संक्रमितहरु रहेका छन् । बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको…
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ७ साउन (रासस) : भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निकुञ्जमा पुगेको जङ्गली हात्तीको झुण्ड मध्यवर्ती क्षेत्रका गाउँ बस्ती र खेतबारीमा आउन थालेपछि बाली जोगाउन र जीउधनको सुरक्षा गर्नका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । भारतको दुधुवा नेशनल पार्कबाट आएको १०÷१५ को सङ्ख्यामा रहेको जङ्गली हात्तीको झुण्ड दिनमा निकुञ्जमा बस्ने साँझ र रातीका बेला निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा प्रवेश गर्दै आएको छ । दुधुवा नेशनल पार्कमा वर्षाको पानी र बाढीको पानी…
