Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । यसअघि बिहीबारै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । प्रधानमन्त्री ओली र राष्ट्पतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्पति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवास जाने गरेका छन् । नेकपाको विवादमा राष्ट्पतिले समेत चासो देखाउने गरेकी छन् । यसअघि पनि राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएर पार्टी एकता नटुटाउन आग्रह गरेकी…

Read More

काठमाडौँ: कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, ‘कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ ।’ उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गरे । यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप…

Read More

काठमाडौँ: कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अहिले मन्त्रालेले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको हो । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिएको भए पनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयमा मन्त्री र सचिवस्तरीय बैठकले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले कागजात पुगेका दाबीलाई तीन दिनभित्र भुक्तानी दिन, यसको दैनिक विवरण मन्त्रालयमा पठाउन, कुन बीमा कम्पनीमा कति दाबी परे, कतिको भुक्तानी भयो र…

Read More

काठमाडौँ: सरकारले एक जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पेम नारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सत्तामा नभए पनि विकास निर्माणका लागि प्रतिबद्ध रहेको जनाए । उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए । कांग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो । बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको उनले आरोप लगाए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर…

Read More

काठमाडौं: प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी बिहीबार साँझ डिस्चार्ज भएका हुन् । कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स्वाब परीक्षणका लागि दिएका केसीको रिपोर्ट कात्तिक २८ गते पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका केसी आज डिस्चार्ज भएका हुन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। योसँगै उपत्यकामा कोरोना मात्रै कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५ , ललितपुरमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पगुेका छन् । मन्त्रिपरिषद्को बैठक अगावै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न शीतलन निवास पुगेका हुन् । मन्त्रिपरिषद्को बैठक दिउँसो ४ गते बालुवाटारमा बस्दैछ । प्रधानमन्त्रीको सचिवालयकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता सरकार प्रमुखको तर्फबाट नियमित जानकारीका लागि भेट भएको हो । आजको भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे पनि छलफल भएको स्रोतले जानकारी दियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोली बुधबार बसेको सचिवालय बैठकमा अनुपस्थित भएका थिए । प्रधानमन्त्री अनुपस्थित भएको उक्त बैठक २० गतेका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठकको औचित्य…

Read More

काठमाडौं: तनहुँमा दुईवर्षअघि बनेको पुल उद्घाटन गर्ने क्रममा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच तनाब बढेको छ । तनहुँ व्यास नगरपालिकाको १, १० र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गर्न पुगेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रशासनले रोकेको थियो । निषेधाज्ञाको उलङ्घन गर्दै पुल उद्घाटन गर्न तम्सिएको भन्दै पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझमात्रै रिहा गरेको थियो । पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई तनहुँ–१ का सांसद कृष्णकुमार श्रेष्ठले प्रशासन उचालेर धरपकड गर्न लगाएको र कानुनको दुरुपयोग गरेको कांग्रेसको ठहर छ । त्यसको प्रतिवाद गर्दै आजै कांग्रेसले जुलुससहित तालघरे दुम्सीचौर सडकको…

Read More

काठमाडौं: आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बेलुकी ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । नियमित बैठक बस्न लागेको बताइएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गरेको छ।

Read More