Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काभ्रे पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसमेत ३ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो। अख्तियारले मंगलबार अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारी र एचके अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। बजार विकास निर्देशनालय हरिहर भवन, ललितपुरले पाँचखाल नगरपालिका-४ तामाघाटस्थित मसला बाली विकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएको थियो। त्यहाँ वर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरी…
काठमाडौं: कोभिड १९ को कारण नेपाली अर्थततन्त्रमा ३ खर्ब २२ अर्ब रुपैयाँको क्षति भएको पाइएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कंडेलले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा कुल उत्पादनमा ३ खर्ब २२ अर्ब रुपैयाँ क्षति भएको प्रतिवेदन पेश गरे । कृषि क्षेत्रमा १२ अर्ब रुपैयाँ र गैर कृषि क्षेत्रमा ३ खर्ब १० अर्ब रुपैयाँको क्षति भएको प्रतिवेदन आयोगले तयार पारेको छ । गतवर्ष कोरोनाको कारण नेपालको आर्थिक बृद्धिदर ऋणात्मक हुनबाट जोगिएको छ । ०.६ प्रतिशतमात्र आर्थिक बृद्धिदर गतवर्ष भएको योजना आयोगले संसोधित अनुमान गरेको छ । यसअघि चैतमा केन्द्रिय तथ्यांक विभागले कोरोना भाइरसको कारण आर्थिक बृद्धिदर…
काठमाडौं: नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए । उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको (बच्चा)को हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताए । प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताए । ‘प्रधानमनत्री…
काठमाडौँ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए । बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन् र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताए । कोभिड-१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने-‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति संवेदनशिल छौं । तपाईँहरु अघि…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।” अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको…
काठमाडौँ: नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन परेको छ । कम्पनीको आइपीओमा आज मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० जनाको आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको सिडीएससीले जनाएको छ । कुनै पनि आइपीओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आइपीओको अन्तिम डाटा बुधबार मात्र आउने जनाएको छ । यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए । बैंकले गत शुक्रवारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ…
काठमाडौँ: ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा एक दम्पती घरभित्रै मृत फेला परेका छन् । राजविराज स्थायी घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चार वर्षदेखि फ्लाट भाडामा लिएर बस्दै आएका उनीहरु सोमबार कोठामा नै मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले बताए । घटनास्थलमा स्लफर नामको विषादीको बट्टासमेत फेला पारेकाले उनीहरूले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने घिमिरेले जनाए ।
काठमाडौँ: प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । आजको बहस रिट निवदेकका तर्फबाट शिवकुमार यादबले गरिरहेका हुन् । यसअघि सोमबार वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएको थियो । सोमबारको सुनुवाइमा दिनभरमा दुई जना अधिवक्ताले बहस गरेका थिए । अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै बहस गरेर एक दिनको समय गुजारेपछि इजलासले अधिवक्ताहरूलाई समयको ख्याल गर्न सुझाएको थियो । अधिवक्ता पोखरेलले मात्रै…
काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन्। अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको जानकारी दिएकी छन्। ‘किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ। आगामी फागुनदेखि यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ,’ उनले भनिन्। किसानको हकहितका निम्ति स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने उल्लेख गर्दै उनले किसानको हकहितका निम्ति गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उसको उद्देश्य पूरा गर्न नसक्ने स्पष्ट पारिन्। मन्त्री अर्यालले कृषि मन्त्रालयमार्फत वितरण गरिँदै…
काठमाडौँ: उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । आज राति प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।
