Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता भएको छ । बैंक र बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकलाई विशेष छुटको सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । यस सहकार्य अन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंक लि. का डेबिट/क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र फ्रेन्च बकेरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरे । कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र…

Read More

काठमाडौँ: राष्ट्रियसभाको हिउँदे अधिवेशन आज सुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्दै आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो । बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ । सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ । तर संविधान, कानून र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानूनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था…

Read More

काठमाडौँ: चन्द्रागिरी हिल्सले यहि पुस २४ गतेदेखि झण्डै १४ लाख कित्ता प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारी तथा ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसारलाई बिक्री गर्ने जनाएको छ ।…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष १७ गते (शुक्रबार) दिउँसोः प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् । नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गरेका छन् । मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्-‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ ।’ आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि उनले…

Read More

काठमाडौं: आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा…

Read More

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण भएको बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक पहुँचका आधारमा निर्माण भएका कतिपय विमानस्थल अहिले सञ्चालन हुन नसकेको पनि बताए । देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरिएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने मन्त्री ढकालको भनाइ छ । उनले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राखिएको विषयको अन्तर्वस्तु केलाउनुपर्ने…

Read More

बुटवल: नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको बताएका छन् । ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागआफू मातहत राखेको चर्चा गरे । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ थियो । पुनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पुनले लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनको थियो । ‘ओलीले निरंकुश सत्ता चलाउने…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ ३ वर्षअघि नै हटिसकेको र फेरि गर्नुपर्ने अवस्था नआएको स्पष्ट पारेको छ । प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विद्युतको पोल सार्ने, ट्रान्सफरमर फेर्ने, वितरण प्रणालीका संरचनाहरुको मर्मत तथा बदली गर्ने जस्ता निरोधात्मक कामका लागि बिजुली आपूर्ति बन्द हुने गरेको प्रष्ट पारेको छ । केहि दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरुमा बत्ती झ्याप झ्याप गइरहेको वा अघोषित लोडसेडिंग शुरु भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारले नेपाल विधुत प्राधिकरणको गम्भीर ध्यानकर्षण भएको छ । यस सन्दर्भमा, नेविप्राले विगत ३ वर्षअघि देखि नै लोडसेडिंग अन्त्य गरिसकेको, फेरी लोडसेडिंग गर्नुपर्ने अवश्था नआएको बताएको…

Read More

काठमाडौँ: भारतीय अर्बपति मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मालाई पछाडि पार्दै चीनका जोङ सानसन एसियाकै धनाढ्य व्यक्ति बनेका छन्। ७७ अर्ब ८० करोड डलर सम्पत्ति पुगेपछि उनी एसियाकै धनाढ्य भएभने उनी विश्वकै ११ औं धनाढ्य व्यक्ति पनि बनेका छन्। गतवर्ष ७० अर्ब ९० करोड सम्पत्ति भएका उनले कोरोना प्रकोपबीच थप सम्पत्ति जोड्न सफल भएका हुन्। एससीएमपीका अनुसार खोप कम्पनी वान्ताई बायोलोजिकल फार्मेसी इन्टरप्राइज तथा बोतलको पानी बेच्ने कम्पनी नोङफु स्प्रिङका कारण उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो। बोतलको पानी बेच्ने कम्पनीको सेयर १५५ प्रतिशतले बढ्नुका साथै खोप कम्पनीको सेयर २ हजार प्रतिशतले बढेपछि सानसनले अम्बानी र ज्याक मालाई पछाडि…

Read More