Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : मूल्य अभिवृद्धि कर ( भ्याट)लाग्ने वस्तुको खरिद विद्युतीय माध्यम (अनलाइन)बाट गर्दा उपभोक्ताले आजदेखि छुट रकम पाउने भएका छन । मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहनस्वरुप सामानमा लाग्ने करको दश प्रतिशत रकम उपभोक्ताको बैंक खातामा फिर्ता गर्ने व्यवस्था आजदेखि लागू भएको छ । आन्तरिक राजस्व विभागले कार्यान्वयनमा ल्याएको यस व्यवस्था अनुसार आजदेखि उपभोक्ताले सामान खरिदमा कम भुक्तानी मात्रै तिरे पुग्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले एक कार्यक्रमबीच भ्याट फिर्ता सुरु गरेका हुन्। विभागबाट तयार गरिएको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट…
काठमाडौँ: विकासको मेरुदण्ड मानिएका इञ्जिनीयर दुर्गम क्षेत्रमा नजाँदा पूर्वाधार विकासमा नकारात्मक प्रभाव परेकाले आवश्यक कानूनी व्यवस्था गर्न सांसदहरुले माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसमाथिको छलफलमा भाग लिनुहुँदै सांसद गजेन्द्रबहादुर महतले इञ्जिनीयर कि पैसाले गाउँमा बस्ने कि सुविधाले बस्ने भए पनि दुबै नभएकाले बस्न नमानेको सुनाए । इञ्जिनीयर दुर्गम क्षेत्रमा बस्न आवश्यक व्यवस्था हुनुपर्ने उनको भनाइ थियो । सांसद गोपालबहादुर बमले मुगुको ९४ किमी सडक आयोजनाका लागि एक दर्जन प्राविधिक कर्मचारीको व्यवस्था भए…
लहान: प्रहरीले सिरहामा तीन बालिकाको विवाह रोकेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले सोमबार तीनवटा विवाह रोकेको हो । कर्जन्हा नगरपालिका ६ का रिझन मुखियाकी छोरी रन्जुकुमारी, मिर्चैया नगरपालिका १ का श्रीराम कापैरकी छोरी संगिता र कल्याणपुर नगरपालिका १ का रामनरेश माझीकी छोरी गनिताको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उमेर नपुगेका बालिकाको विवाह गर्न लागेको सूचनाका आधारमा खटिएको प्रहरीले परिवारका सदस्यकै सहमतिमा विवाह राकेको प्रहरीको भनाइ छ। स्थानीय जनप्रतिनिधिको रोहवरमा कानुनबमोजिम विवाह गर्ने उमेर नपुगेकाले हाललाई विवाह रोक्ने र गाउँमा कतै पनि बालविवाह हुन नदिने सहमतिमा बालिकालाई परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
जाजरकोट: समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । भेरी नगरपालिका–११ का रुपलाल शर्माले भने, “आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नाँै, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।” भेरी नगरपालिका–४ एकदेव शर्माले भन्नुभयो, “आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छँु, सानो जात र ठूलो जात भन्ने हुँदैन ।” नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका…
काठमाडौं : आज मंगलबारबाट अनिवार्य अवकास पाउन लागेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा संगठनको सुधार तथा आन्तरिक सुद्धिकरणको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरेका छन । \ ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका खनालले आज मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित नवनिर्मित अडिटोरियम र ब्यारेक भवन उद्घाटन कार्यक्रममा बोल्दै आन्तरिक सुद्धिकरणकै कारण नेपाल प्रहरी सर्वोच्कृष्ट ठहर भएको दाबी गरेका छन । आईजी खनालले सेवा निवृत्त भइसकेपछि पनि भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहने बताएका छन । उनले तल्लो तहका प्रहरी कर्मचारी (जवान)हरुको मनोवल उकास्नका लागि पनि आफूले अनवरत रुपमा काम गरेको बताएका छन ।…
नुवाकोट: छैटौँ नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन–दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ यही माघ १६ गते शुरु भएको महोत्सवमा ६० हजार दर्शकले अवलोकन गरेको र रु पाँच करोडको कारोवार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरुमा ग्राहकको भीड लागेको थियो । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी सञ्चालन भएकोे महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि विशेष योगदान पुग्ने आयोजक नुवाकोट उद्योग…
काठमाडौं: निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका हुन् । गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेकाले पक्राउ गरेको बताए । प्रदेश प्रमुख र प्रदेशका सचिवहरु कञ्चनपुर आउँदा जिल्ला प्रशासन कार्यालय प्रवेशमा अवरोध गर्र खोजेकाले पक्राउ गरिएको एसपी मरासिनीको भनाइ छ ।
काठमाडौँ: प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेको थियो । सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुुल गरेको थियो ।
काठमाडौँ: प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए । सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराईन । उनले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताईन । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल…
काठमाडौँ: आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो । ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । ओमानका अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९…
