Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जाजरकोट: माघको चिसो, जीर्ण भवन अनि कोचाकोचका बीचमा बस्नु पर्दा डोल्पा कारागारका कैदीबन्दी समस्यामा परेका छन् । अहिले ठाउँठाउँमा चर्किएको कारागारमा ३३ कैदीबन्दी सजाय भोगिरहेका छन् । सात वर्षदेखि निर्माणाधीन नयाँ कारागार भवनले अझै पूर्णता पाउन नसकेपछि यहाँका कैदीबन्दी डर र चिसोका बीचमा बाँचिरहेका छन् । तीन वर्षभित्र निर्माण सक्नुपर्ने भवनको पटकपटक म्याद थप्दासमेत कारागारका केही संरचना निर्माण भए पनि पूर्णरुपमा भवन निर्माणसम्पन्न नहुँदा समस्या भइरहेको कारागारले जनाएको छ । एटलस थोदुङ कन्सट्रक्शनले रु तीन करोडभन्दा बढीको लागतमा निर्माण गर्ने जिम्मा पाएको उक्त भवनको विसं २०७२ असारमा भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरे पनि अहिले पनि सबै…

Read More

चितवन: एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका–७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन् । उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो । “चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा लगाइसक्यौँ”, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक अनु राईले भने । होटलमा रहेको सूचनाका आधारमा प्रहरीले बालिकालाई भेट्टाएको हो । यही माघ १७ गते बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा थिए । साता दिन बित्दासमेत बालिका सम्पर्कमा नआएपछि प्रहरी, अभिभावक र स्थानीयवासीले खोजीकार्य तीव्र पारेका थिए । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५…

Read More

खाँदबारी: सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै पाँच हजार ४०० रूख काटिएका डिभिजन वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए । अरुण तेस्रो जलविद्युत् परियोजना र कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि जिल्लाका १८ सामुदायिक वन क्षेत्रका रूख काटिएका बताइएको छ । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको…

Read More

एजेन्सी: थाइल्याण्डमा २१ मानिसलाई गोली हानेर मारेका एक सैनिक प्रहरी अपरेशनमा मारिएका छन् । सर्जेन्ट मेजर जक्रपन्थ थोम्मा सपिङ हत्याकाण्ड मच्चाइसकेपछि एक विशाल मलमा लुकिरहेका थिए । थोम्माले हिजो दिउँसो दुई सैनिक सहकर्मीलाई मारिसकेपछि सर्वसाधारणको भीडमाथि पनि गोली प्रहार गरेका थिए । थोम्माले आफ्नो ज्यानमारा हर्कत शनिबार दिउँसो तीन बजे उनको ब्यारेकबाट सुरु गरेका थिए । त्यहाँ उनले आफूभन्दामाथि एक सैनिक अधिकारी र एक जना अर्को कनिष्ठ सैनिकलाई मारिसकेका थिए । व्यारेकको हत्यापछि उनी एक सैनिक वाहन लिएर सहरतर्फ अघि लागेका थिए । त्यहाँ थोम्माले घरमा बसिरहेका नागरिक र वौद्ध मन्दिरमा गोलीबारी गर्दै अघि बढेका थिए…

Read More

काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा आज राजधानीमा आयोजना गरेको सगरमाथा राष्ट्रिय संवादको उद्घाटन गर्दै उहाँले हाम्रा हिमाल, जीवन पद्धति र पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटमा परेका यथार्थ सुनाए । जलवायु परिवर्तनले परेका असर र प्रभावलाई घटाउन तथा अनुकूलनका लागि उत्थानशीलताको क्षमता अभिवृद्धि हुनुपर्ने आवश्यकता औँल्याउँदै…

Read More

बनेपा: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएको छ । उनले भने, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।” पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भने । उनले भने, “लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि…

Read More

बागलुङ: बागलुङ नगरपालिका–३ ले वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । तीन ‘ह्वीलचियर’, पाँच ‘कमटट्वाइलेट’, दुई ‘ब्लाइण्ड स्टिक’ र चार ‘डिसेवल स्टिक’ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सघाउन सहायता सामग्री वितरण गरिएको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । वडाले चालू आवमा रु ५० हजार बजेट सो कार्यमा विनियोजन गरेको थियो । सहायता सामग्रीको सहयोगबाट अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने र न्यून दृष्टि भएका व्यक्तिले लाभ लिएका छन् । वडा कार्यालयबाट सहायता सामग्री पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी छन् ।

Read More

बाँके: खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगञ्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिन्छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन् पछिल्लो समय नेपालगञ्जमा यही ‘खोले साग’ चर्चित छ । कर्णाली र दाङको ‘खोले साग’ले बजार पाएको छ । साग बिक्री वितरणले धेरैको रोजीरोटी चलाएको छ । “धेरैले रुचि मानेर किनेर लैजानुहुन्छ”, नेपालगञ्जको धम्बोझीचोक नजिकै साग बेच्दै आएकी सावित्री वलीले भनिन, “ग्राहकलाई पु¥याउनै सकिएको छैन ।”कर्णालीमा मात्रै नभई दाङबाट समेत आयात भइरहेको खोले सागको बिक्री राम्रो भइरहेको उनले बताए ।…

Read More

मान्म: विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो । परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताए । “विमानस्थलमा परीक्षण उडान मात्र गरियो”, उनले भने, “त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन ।” सडक सञ्जालले…

Read More