Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले महाशिवरात्रीमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी भैरहेको बताएका छन् । शुक्रबार पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले महाशिवरात्रीका लागि तयारी अवस्थामा रहन सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिएका छन् । महाशिवरात्रीका दिन राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ठ व्यक्तित्वहरुको समेत आगमन हुने बताउँदै त्यसका लागि चुस्त सुरक्षा प्रबन्ध मिलाइने मन्त्री भट्टराईले बताए । भ्रमण वर्षलाई ध्यान दिँदै छिमेकी मुलुक भारतबाट आउने दर्शनार्थीहरुको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिँदै पशुपति क्षेत्रलाई विश्वमै चिनाउनका लागि हिन्दु धर्मसँग जोडिएको विश्वका संघ संस्थाहरुलाई पनि सहभागी गराउने तयारी…

Read More

काठमाडौं: थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो । उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ । दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीसँग २ करोड २५ लाख रुपैयाँ धरौटीमा मागिएको थियो ।

Read More

फर्पिङ: फर्पिङको नास्पाती भन्नेवित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ । भादगाउँले टोपी, खोकनाको तेल, टोखाकोे चाकु र फर्पिङको नास्पाती अहिले पनि सर्वसाधारणको मन मनमा छ । ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मेहम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइराखेका छन् । नास्पातीका लागि ‘फर्पिङ’ भनेर चिनिए पनि उत्पादनका दृष्टिले काठमाडौँको दक्षिणकाली नगरपालिका– ८ को छैमले प्रख्यात छ । दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा पनि नास्पाती उत्पादन हुन्छ । परम्परागत नास्पातीखेती हुँदै आएको यहाँ सरकारी लगानी आउने भएपछि किसानको मुहारमा खुशीको चमक देखिएको छ । सरकारी अनुदान पाउने सुईंको…

Read More

भीमदत्तनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए । घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।” उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय…

Read More

काठमाडौँ: थ्रीस्टार क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको हो । थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे । खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विरोध गर्दै संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो २ः१० बजे पुनः बस्ने गरी बैठक स्थगित गरेपनि बैठक शुरु हुन सकेन । संघीय संसद सचिवालयले अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ । बालुवाटारको…

Read More

बागलुङ: तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ग १ त ५७६२ नम्बरको ट्र्याक्टर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटनामा परेको थियो । ट्र्याक्टरमा मालिकाका प्रताप पुनको बिहेमा हिँडेका ३५ जन्ती सवार थिए । कच्ची सडकमा ट्र्याक्टरमा जन्ती बोकेर चालकले कमजोरी गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले बताए । “चालक, यात्रु दुवै पक्षको लापरवाही देखिन्छ”, उहाँले भन्नुभयो, “सामान्य सजगता पनि अपनाएको पाइएन ।” प्रहरीले चालक ३५ वर्षीय रमेश घर्तीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । पैदल जान गाह्रो भएपछि…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दायर गरेको मुद्धामा निर्दोषहरु परेको आरोप लगाउँदै काँग्रेस भातृसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् । अख्तियारले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजय गच्छदार लगायत १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

Read More

काठमाडौं: चीनमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दै शुक्रबार गृहमन्त्रालय पुगेका अभिभावक निराश भएर फर्किएका छन् । चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्रासमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दा गृहमन्त्री रामबहादुर थापाको जवाफले उनीहरुलाई निरास बनाएका हुन् । शुक्रबार भएको भेटका क्रममा गृहमन्त्री थापाले एक हप्ताभित्र फर्काउने तयारी गरेको तर कहिले फर्काउने भन्ने थाहा नभएको जवाफ दिएको अभिभावकले बताएका छन् । गृहमन्त्रीलाई भेटेर फर्किएका उनीहरुले भने, ‘एक हप्ताभित्रमा ल्याउँछौं, चिन्ता नगर्नुस् भन्नु भएको छ । कहिले ल्याउने थाहा छैन ।’ तर एक हप्ता भन्न थालेकै धेरै भइसकेको भन्दै उनीहरुले आफ्नो आग्रहलाई सरकारले बेवास्था गरेको गुनासो गरे ।…

Read More

काठमाडौं: झापाको चारपानेमा भारतीय नागरिक सुवान शेखको हत्या गरी जलाएको खुलेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिएको छ । २१ माघको विहान विर्तामोड २ चारपानेमा एक व्यक्तिको शव जलाएको अवस्थामा भेटिएको थियो । मृतक भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका सुवान शेख भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद भएको थियो । त्यहाँबाट गएका उनीहरु फेरि त्यही ठाउँमा आइपुग्दा पनि शेखलाई भेटेपछि थप विवाद भएको र त्यही क्रममा ढुंगाले हानेका थिए । ढुंगा…

Read More