Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् । ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

Read More

काठमाडौँ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन…

Read More

बीबीसी: आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्। आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्। किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ। चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।’ उनका अनुसार आज दूध-सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ। तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने रोकिने छैन। यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन्। सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए। सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर…

Read More

हुम्ला: सरकारी स्वामित्वको राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाईन्सले नौ महिनापछि हुम्लामा पूनः ब्यासयीक उडान सुरु गरेको छ । गत चैत्र महिनाबाट बन्द भएको उडान कोरोना संक्रमणको त्रास कम भएपछि नेपाल एयरलाईन्सले आफ्नो उडान सुरु गरेको हो । नेपाल एयरलाईन्सको सिमकोट शाखाका प्रमुख बल बहादुर सुनारका अनुसार निक्कै प्रयास पछि कोरोना संक्रमणको त्रास जिल्लामा कम भएपछि ब्यबसायीक उडान सुरु गरेको बताए । नौ महिना पछिको पहिलो उडानमा नेपाल एयरलाईन्सले नेपालगंजबाट १४ जना यात्रु भरेको र सिमकोटबाट नेपालगंजका लागि एक जना बालक सहित सात जना यात्रु भरेको उनले बताए । अब नेपाल एयरलाईन्सले नियमित उडान भर्ने उनले बताए । नेपालगंजबाट प्रति…

Read More

काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्षकाे अवधि (२०७६/२०७७) मा नेपालको मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको निष्कर्ष निकालेको छ। सो अवस्थामा सुधार गर्नका लागि आयोगले सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ। सो वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेस गरेको छ। संविधानको धारा २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था अनुसार सो प्रतिवेदन पेस गरिएको हो। प्रतिवेदनमा गत वर्ष परेका उजुरी, ती उजुरीउपर भएका छानविन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिस तथा मानव अधिकार संरक्षण र संर्वद्धनका लागि भविष्यमा गर्नुपर्ने सुधारसम्बन्धी विवरणहरू समावेश गरिएको छ। ‘यस अवधिमा मानव अधिकार…

Read More

काठमाडौँ: के तपाइको सवारी चालक अनुमतिपत्रको म्याद समाप्त भएर नवीकरण गर्न भ्याउनुभएको छैन भने छिटो गर्नुहोस् । म्याद समाप्त भएको लाइसेन्स नवीकरण मंसिर महिनाभित्रै गरेमा जरिवाना नलाग्ने भएको छ । कोरोना भाइरस संक्रमण र यसबीचमा परेको चाडवाडका कारण मंसीरमसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलिने निर्णय गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नवीकरणमा जरिवाना नलाग्ने भएको हो ।

Read More

काठमाडौँ: नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) लाई लागि ४ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्र बिक्री गर्न बोर्डले मंसिर १८ गते बैंकलाई अनुमति दिएको हो ।  ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ ऋणपत्रमा लगानीकर्ताले ८.५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् । बैंकले निष्काशनमा ल्याउने ४० लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई एक हजार रुपैयाँको दरमा १६ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता (६० प्रतिशत) प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ । नेपाल राष्ट्र…

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ थियो । पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।…

Read More

काठमाडौं: साताको दोस्रो दिन सोमबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ । यसअघिको कारोबार आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ । आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । ६० हजार ५५ वटा कारोबारबाट १ करोड १९ लाख २०…

Read More

काठमाडौँ: एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । ‘बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन्,’ इन्सपेक्टर लामाले भने । इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका…

Read More