Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
टोक्यो: जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) का नेता योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित छन् । बुधबार जापानी संसद्मा भएको चुनावमा सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । सुगाले ४ सय ६५ सदस्य रहेको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा ३ सय १४ मत प्राप्त गरे भने २ सय ४५ सदस्य रहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) मा १ सय ४२ मत प्राप्त गरेको जापानी समाचार संस्था क्योदोले जनाएको छ । सुगाले बुधबार साँज जापानका सम्राटसँग शपथ ग्रहण गरेपछि औपचारिक रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । ७१ वर्षीय सुगा सन् १९९१ मा किची मियाजावापछि सबैभन्दा बढी उमेरका जापानी…
काठमाडौं: महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको हो । उनलाई चावहिलस्थित ओम अस्पताल लगिएको छ । अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
सुनसरी: सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं: आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा यही चैतभित्रै शैक्षिक सत्र समाप्त हुने उल्लेख छ । पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने प्रचलित मान्यतासमेत तोडेको छ । अब कोभिड–१९ का कारण विद्यालय बन्द भए पनि वैशाखबाटै शैक्षिक सत्र गणना हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्को बैठकले सो ढाँचा स्वीकृत गरेको हो । हाल विद्यालय तहमा ७० लाख विद्यार्थी अध्ययनरत छन् । पाठ्यक्रम विकास…
काठमाडौँ: माउण्टेन इनर्जी नेपालको आईपीओ यहि भदौ ३१ गते बुधबारदेखि पुनः बिक्रमिा आएको छ । कम्पनीले गत साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर जारी गरेकोमा लकडाउन तथा निषेधाज्ञा लगायतले स्थगित भएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्री गर्न लागेको हो। नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणको निमित्त प्रमुखमा लेखनाथ कोइराला नियुक्त भएका छन्। ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण भित्रका वरिष्ठ उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्। आफ्नो ४ वर्षे कार्यकाल सकाएर निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएसँगै कोइरालालाई सो जिम्मेवारी दिइएको हो । अहिले प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा सबैभन्दा सिनियर कोइराला प्राधिकरणको अर्थ निर्देशनालयका प्रुमख समेत हुन्। उसो त कोइराला भन्दा वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भएपनि उनी प्राधिकरण स्वामित्वको एनइए इन्जिनियरिङ कम्पनीमा कार्यरत छन्। जुन प्राधिकरण भन्दा बाहिर रहेको संस्था मानिन्छ। यसअघि ऊर्जामन्त्रीले मन्त्रालयका सहसचिव नवीनराज सिंह र मधु भेटवाललाई…
काठमाडौँ: नेपालको सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहान ५:१९ बजेको समयमा ६ रिक्टर स्केलको भूकम्प गएको छ । जसको महसुश काठमाडौँ उपत्यकामा समेत राम्ररी गरिएको थियो। यता, अन्य भूकम्प मापन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले भने ५.९ वा ४.९ म्याग्निचियुटको मात्रै भूकम्प गएको उल्लेख गरेको छ। सरकारको भूकम्प मापन केन्द्रको आधिकारिक वेब साइट भने अझै यस बारे अपडेट नै गरेको छैन, उसको वेबसाइटमा समस्या आएको छ ।
काठमाडौं: सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । “सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुनेछन्,” मन्त्री ज्ञवालीको भनाइ थियो ।
काठमाडौं: सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।
