Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् । शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । यसैगरी तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बराबरकोको २८ दिने निक्षेप संकलन उकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप उपकरण निष्काशन गर्न लागेको हो । केन्द्रीय बैंकले बिहीबार निष्कासन गर्ने ५० अर्बको निक्षेप उपकरण संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिनपछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्काशन गर्न लागेको हो । सो वित्तीय औजारमा लगानी गर्ने संस्थाले पाउने ब्याजदरको सन्दर्भमा भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ । वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलमा…

Read More

काठमाडौँ: माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको कार्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मंसिर १७ गते बुधबार १० बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सो जानकारी अनुसार आइतबार प्रि अलटमेन्ट सकाएर बुधबार क्यापिटलको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदक (जुन कूल आवेदकको २८ प्रतिशत हो) ले मात्र शेयर पाउनेछन् । जसमध्ये १ लाख ८३ हजार २१ जनाले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ताका दरले शेयर पाउनेछन्…

Read More

काठमाडौँ: बितेको २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् भने मृतकको संख्या १५२९ पुगेको छ । उपत्यकामा कति…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै छुट्टै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि हमला गर्दै प्रस्ताव ल्याएका थिए । एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ओली र प्रचण्डले ल्याएको प्रस्तावमाथि नै सचिवालयमा छलफल सुरु भएको हो । प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई…

Read More

काठमाडौँ: सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुन: बस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजको बैठकमा कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए । प्रवक्ता श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको बताए ।

Read More

काठमाडौँ: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको सयुंक्त रुपमा लिखित जवाफ दिने भएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा सो लिखित जवाफ पेस गर्ने तयारी गरिएको छ। अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुको साथै केही विगतका प्रसंग काेट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको स्रोतले जनाएको छ। ‘अध्यक्ष ओलीले प्रचण्डलाई व्यक्तिगतरुपमा जवाफ दिनुको साथै विगतका केही प्रश्न उठाएका कारण सचिवालयमा रहेका पाँचैजना नेताले भोलि बस्ने सचिवालय बैठकमा सो जवाफ पेस गर्ने भएका छौं,’ एक सचिवालय सदस्यले भने। प्रचण्डले…

Read More

काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै हो भने आज (मंसिर १६) गते बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सचिवालय बैठक बस्ने मितिको अघिल्लो दिन सोमबार एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै पूर्वमन्त्री शर्माले अध्यक्ष ओलीले सचिवालयमा पेस गरेको जवाफी प्रतिवेदनमा उल्लेख (नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने) कुरा कार्यान्वयन गर्ने हो भने पहिले आफूले दुवै पद छाडेर देखाउनुपर्ने बताएका हुन्। ‘म यत्ति कुरा भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्रीज्यूले भोलि (मंगलबार) कै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएर अर्को पात्र…

Read More

काठमाडौँ: कोरोना सङ्क्रमण (कोभिड–१९) महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थालेका छन् । रात्रिकालीन मनोरञ्जन डान्स र दोहोरी बाहेक अन्य मनोरञ्जन क्षेत्र खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । खुला भएका व्यवसायका लागि पनि राति ९ः३० बजेसम्मको समयावधि तोकिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला जीवनप्रसाद दुलालले रात्रिकालीन मनोरञ्जन दोहोरी, डिस्को, व्यायामशालाबाहेक अन्य व्यवसाय खुला गरिएको जानकारी दिए । यस क्षेत्रका पसल तथा सुपरमार्केट पूर्ण रूपमा खुलेका छन् । रात्रिकालीन मनोरञ्जनलगायत बाक्लो भीड लाग्ने अन्य व्यवसाय खोल्नका…

Read More

काठमाडौँ: गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि बन्द भएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि खुल्ने भएको छ। पशुपति क्षेत्र विकास कोषले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्ने तयारी गरेको हो। अब पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने कोषका सचिव डा.प्रदीप ढकालले जानकारी दिए। मन्दिर प्रवेश गर्नुअघि भक्तजनलाई स्यानीटाइजर लगाउन दिने तयारी कोषले गरेको छ। भिडभाड नगरी एकपटकमा एउटा समूहलाई मात्र मन्दिर प्रवेश गर्न दिइने छ। त्यस्तै लाइनमा बस्नेबीच दुई मिटरको दूरी कायम गरिने कोषणले जनाएको छ।

Read More