Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सरकारले गाडी आयातमा लगाएको ५० हजार डलरको सिलिङ्ग हटाएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले यसअघि सरकारले लागू गरेको ५० हजार डलर माथिको सवारी आयातमा लगाएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो । योसँगै अब नेपाली अटोमोबाइल व्यवसायीहरुलाई जतिपनि महङ्गा र लग्जरी गाडीहरु भित्र्याउन र बिक्री वितरण गर्न बाटो खुलेको छ । यसअघि सरकारले महङ्गा गाडीलाई विलासिताको साधनको रुपमा व्याख्या गर्दै ५० हजार डलर माथिको गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  सरकारको सो निर्णयले स्वदेशी धनाढ्यसँगै विदेशी कुटनीतिक नियोग,कुटनीतिक सुविधा प्राप्त संघ संस्था तथा विदेशी कर्मचारीहरु समेतले नीजि प्रयोगका लागि महङ्गा गाडी किन्न…

Read More

काठमाडौं: सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए । अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाई छ । लकडाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु…

Read More

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस ९कोभिड(१९० पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।

Read More

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४१६ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर३१ हजार ३१५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। देशभरमा आज २०७१ जना नयाँ संक्रमित भेटिएका छन्।

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण पेस गर्न डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोपको खण्डन गर्दै प्रमाण देखाउन कांग्रेसले चुनौती दिएको हो । कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न भट्टराईलाई चुनौती दिएका छन् । केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै…

Read More

पोखरा : कास्की-पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको उपचारका क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं : कर्णाली प्रदेशमा नेकपाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन । उनी विरुद्ध १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । नेकपाका प्रदेश सभासदहरुले आज आइतबार मुख्यमन्त्रीलाई बोधार्थ र पार्टी प्रदेश संगठन कमिटीलाई जानकारी गराई अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । अविश्वास प्रस्तावमा प्रदेश सांसद यमलाल कडेलसहित १८ सांसदले हस्ताक्षर गरेर सो पत्र संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाउनु भएको छ । त्यसपछि सांसदहरुको टोली दिउँसो प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका थिए । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएसँगै पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको…

Read More