Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। ‘छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ,’बैठकका एक सहभागीले सेतोपाटीसँग भने,’कतिपय विज्ञहरूले त कर्फ्यूसमेत लगाउन भन्नुभएको छ।’ वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन्। छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी थिए ।

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका छन्। उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदासिन हुने र स्वार्थका पछाडि कुदेको टिप्पणी गरे। सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन्। ‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र…

Read More

काठमाडौं : आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल ९ट्रङ्क रुट० मा ३९ उडान र दुर्गममा हुने उडान ९स्टल० का लागि नौ वटा गरी दैनिक ४८ उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् । बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्सलगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् ।…

Read More

विराटनगर : कोरोनाका कारण मृत्यु भएका विराटनगर ५ आदर्श टोलका ७७ वर्षीय वृद्धकी श्रीमतीको पीसीआर परीक्षण रिपोर्ट  नेगेभिट आएको छ । रिर्पाट नेगेटिभ आएपछि मृतककी श्रीमती ६८ वर्षीया वृद्धामा कोरोना संक्रमण नरहेको पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले बताए । उपचारका क्रममा वृद्धको मृत्यु सोमबार दिउँसो सवा ३ बजे कोशी अस्पतालकै आइसोलेसनमा भएको थियो । केही दिनदेखि ज्वरो आइरहेका वृद्धलाई श्वासप्रश्वासमा धेरै समस्या भएपछि उपचारका लागि सोमबार बिहान साढे ९ बजेतिर अस्पतालमा लगिएको थियो । १० बजे स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा परीक्षण गराइएको थियो । मृत्यु भएको एक घण्टापछि उनको रिपोर्ट…

Read More

काठमाडौं : कोरोनाको जोखिम नियन्त्रण र रोकथामबारेको परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक अझै जारी छ । बैठकमा सहभागी भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना धारणा राखेर बाहिरिएका छन । बालुवाटार स्रोतका अनुसार परामर्श बैठकमा उनले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए । देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि…

Read More

काठमाडौं : सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १४ अस्पताल तोकेको छ । काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ । शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त ठाउँबाट आएकाहरुले यी अस्पतालमा बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्ने मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । यीबाहेक सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल…

Read More

काठमाडौं : नेपाल कम्युनिष्ठ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । गौतमलाई भेट्न दाहाल आज बिहान गौतम निवास भैंसेपाटी पुगेका थिए । भेटमा दुईजनाबीच के कुरा भयो थाहा हुन नसकेपनि गौतमले पार्टीको आन्तरिक विवाद मत्थर पार्न अघि सारेको ६ बुँदे प्रस्तावमा सहमति गर्न दाहाललाई आग्रह गरेको बताइएको छ । यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पत्नी राधिकालाई लिएर भैसेपाटी पुगेका थिए । गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमा सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र अर्को महाधिवेशन सम्म पार्टीको अध्यक्ष पनि ओली नै हुने उल्लेख छ ।

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिँदै रातोपाटीसँग भने, ‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’ त्यस्तै मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने र  नगर्नेबारे निर्णय लिनजनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन । लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेकाले प्रधानमन्त्री ओलीले विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरेका हुन । छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञका अलवा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित छन । छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०मा रहेका मन्त्री, सचिव र विज्ञहरु संलग्न छन । यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका थिए । सरकारले गत चैत ११…

Read More

काठमाडौं:  पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ । सुनको मुल्य प्रतितोलाको एक लाख नजिक पुगेको छ । साताको तेस्रो दिन मंगलबार छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै, तेजाबी सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १२ सय ३० पुगेको महासंघले जनाएको छ ।

Read More