Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा हाल संचालनमा रहेका रुपान्तरणकारी आयोजना र कार्यक्रमहरुलाई कार्यान्वयनका लागि साधनहरु कमी हुने नदिने बताएका छन्। आगामी बजेटका प्राथमकिता र सिद्धान्तहरु सार्वजनिक गर्दै उनले बजेटमा सडक निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए। आइतबार दुवै सदनमा सम्बोधन गर्दै खतिवडाले द्रुतमार्ग मार्ग, व्यापारिक मार्ग, उच्च गतियुक्त राजमार्ग, रणनीति र स्थानीय तहको केन्द्र जोड्ने तथा शाखा सडकहरुलाई आवश्यक स्रोत व्यवस्थापन गरिने बताए। उनका अनुसार बजेटमा सुरुङमार्ग, रेलमार्ग, जलमार्ग कार्यान्वयनलाई तीव्रता दिइने छ। शहरी क्षेत्रमा विद्यमान सवारी चापलाई व्यवस्थित गरि सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात संचालनलाई प्राथमिकतामा राखिने छ। सुरक्षित आवास, महत्वपूर्ण सार्वजनिक भवन र अन्य शहरी…
काठमाडौं: नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएर सीमा मिचेपछि देशको पूर्ण नक्सा निकालेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन्। सीमा मिचिएपछि नेपालमा फेरि आफ्नो पूर्ण नक्साको चर्चा चलेको छ। नेपालले अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नक्सा बनाएर सार्वजनिकसम्म गर्न सकेको छैन। पटकपटक नेपालको सीमा मिचेको भारतले अटेर गरेर कुरासम्म नगरी महामारीको मौका छोपी सडक उद्घाटन गरेको हो। नेपालको कुरा भारतले नसुनेकाले अब यो विषय अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पूर्वसचिव सूर्यनाथ उपाध्यायको सुझाव छ। उनले भने, ‘अब संयुक्त राष्ट्रसंघमा यो कुरा पु¥याउनुपर्छ। अन्तर्राष्ट्रियरुपमा यो विषय उठाउनुपर्छ।’ शान्ति र कूटनीतिबाट समस्या समाधान गर्ने नेपालको प्रयास भारतले नसुनेकाले अन्तर्राष्ट्रिय रुपमा…
गोरखा: जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ । सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट…
एजेन्सी: लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् । फ्रेन्च पत्रिका आरटिएलसँग कुरा गर्दै आउलासले भने, ‘युभेन्टससँग हाम्रो खेल अगस्त ७ का लागि निश्चित भएको छ । यो टुरिनमा खाली स्टेडियममा खेलाइनेछ । लुकास टुसार्टको गोलको मद्दतले फ्रेन्च टोलीले पहिलो लेगमा अप्रत्यासित अग्रता लिएको छ । यता, आउलासले फ्रान्सको लिग वान रद्द गर्ने निर्णय विरुद्ध कानुनी कारवाहीमा जाने पनि बताएका छन् । लिगमा १० खेल खेल्न बाँकी…
काठमाडौं: संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ । नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै पि्रबजेट छलफल गर्न लागिएको हो । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने…
काठमाडौँ: विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक…
काठमाडौं: कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपियाँ रहेको र नाफा करिब ७२ अर्ब रुपियाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपियाँ…
काठमाडौँ: तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको २०१५ जुन १२-१४ मा भारतको राजकीय भ्रमण हुने तिथि तय भइसकेको थियोओ । तर, अन्तिम घडीमा त्यो एकाएक रोकियो। राजकीय भ्रमणसमेत रोकिएको कारण ‘उपर्युक्त समयमा मिलाएर पछि गरिने’ मात्रै भनियो। तर कारण अर्कै थियो। नेपाल-भारत सम्बन्ध निकटता र दोहोरो समस्याको सुनुवाई गर्न हरेक महिनाको अन्तिममा दुई देशका प्रमवीच फोनवार्ता गर्ने पद्धती थालिय्को थियो। भारत भ्रमणको कुरा आएपछि सिमावर्ती समस्या र विवादास्पद भूभागबारे बुझ्न बालुवाटारमा नापी बिभाग, परराष्ट्र मन्त्रालयसहित पार्टीगत सहभागिताको बैठक चलेको थियो। त्यही बेला लिपुलेक्को अवस्थिति र नेपालसंग रहेका प्रमाणबारे प्रधानमन्त्री कोइरालाले राम्रै संग बुझेका थिए। उता वईजिङ्गमा भारतीय प्रधानमन्त्री…
काठमाडौँ: भारतले शुक्रबार उद्धघाटन गरिएको तवाघाट-लिपुलेक सडक आफ्नै भूमिमा निर्माण गरेको दावी गरेको छ। भारतीय विदेश मन्त्रालयले साँझ विज्ञप्ती गरी गर्दै उक्त सडक खण्ड उतराखंड राज्यको पिथौरागढ़ जिल्लामा पर्ने जिकिर गरेको छ। तीर्थालुले कैलाश मानसरोबर यात्राका लागि प्रयोग गर्दै आएको साबिकै मर्गाअन्तर्गत उक्त सडक रहेको उल्लेख गर्दै विज्ञप्ती भनिएको छ, ‘ अहिलेको परियोजनाअन्तर्गत सोही सडकलाई तिर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको मात्रै हो।’ भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचका सीमासम्बन्धी सबै विषय सम्बोधन गर्न संयन्त्र रहेको उल्लेख गर्दी सीमा निर्धारण प्रक्रिया चलिरहेको जनाएको छ ।
काठमाडौँ: कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर सिसीएमसी-ओपिसी को औपचारिक एप कोभिडएनपीको शुरुवात गरिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सधाउन निशुल्क तयार पारेको एपको उपप्रधानएवं रक्षमन्त्री इश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन् । आफ्नो मोबाइलमा कोभिड एनपीएप डाउनलोड गरे पछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिज गर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन् । सम्भावित बिरामीको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो । जो कसैले पनि गूगल प्लेस्टोर तथा एप्पलको…
