काठमाडौँ: पूँजी बजारमा आज सामान्य अंकको सुधार आएको छ । मंगलबार दोहोरो अंकको सुधार आएको नेप्सेमा आज सामान्य अंकको सुधार आएको हो । आज नेप्से परिसूचक शुन्य दशमलब ९८ अंकले बढेर एक हजार २०८ दशमलब ५६ अंकमा पुगेको छ ।
मंगलबार नेप्से १३ दशमलब ९७ अंकले बढेको थियो ।
आजको कारोवारमा बाणिज्य बैंक, विकास बैंक र निर्जीवन बीमा समूहले नेप्सेलाई हरियो रंग दिन सफल भएका छन् । निर्जीवन बीमा
३३ दशमलब ४९ अंकले, बाणिज्य बैंक २ दशमलब ७८ अंक र विकास बैंक ३ दशमलब ५ अंकले बढेको छ ।
यधपी जीवन बीमा ४४ दशमलब ३९ अंक, होटल ७ दशमलब ९६ अंक र लघुवित्त २ दशमलब १५ अंकले घटेको छ ।
आज कूल १४४ कम्पनीको ७ लाख ८५ हजार ९९३ कित्ता शेयर १७ करोड ८३ लाख ८० हजार ९३७ मूल्यमा खरीद बिक्री भएको छ ।