काठमाडौँ: मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैयाँभन्दा बढी भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा ४० करोड ४५ लाख रुपैयाँ भएको हो ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख रुपैयाँ मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा ६६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कर्जा तथा सापटीमा २६ अर्ब ५४ करोड रुपैयाँले वृद्धि भई ६२ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ ।
मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप १२ अर्ब ७३ करोड र कर्जा प्रवाह १२ अर्ब ७५ करोड रुपैयाँ भएको छ ।
मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।