काठमाडौँ: राष्ट्रिय बाणिज्य बैंकले चालू अर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ११ करोड ९० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले जारी गरेको चालू आवको प्रथम त्रैमास (अशोज मसान्त) को वित्तिय अवस्था अनुसार पहिलो त्रैमाससम्ममा एक खर्ब ६४ अर्ब १६ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी निक्षेप तर्फ पनि पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
यस अवधि सम्ममा बैंकले एक खर्ब २३ अर्ब ९० करोड ५६ लाख लाख कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा बैंकले अघिल्लो आ.व.को तूलनामा मूनाफा ५७ दशमलब ७३ प्रतिशत, निक्षेप संकलन तर्फ १० दशमलब ५३ प्रतिशत र कर्जा तर्फ १३ दशमलब १२ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।
Facebook Comments Box