काठमाडौँ: साताको अन्तिम कारोवारको दिन पूँजी बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक एक दशमलब १४ अंकले घटेर एक हजार १८१ दशमलब ४१ अंकमा पुगेको छ ।
आजको कारोवारमा सबै भन्दा बढी जीवन बीमा समूहको परिसूचक २६ दशमलब ०१ अंक र लघुबित्त ६ दशमलब ७७ अंकले घटेको छ ।
त्यसैगरी बाणिज्य बैंक २ दशमलब ६२ अंक र विकास बैंक २ दशमलब २९ अंकले घटेको छ ।
यधपी, निर्जीवन बीमा, उत्पादन समूह र जलबिधुत समूहको परिसूचक क्रमश: शुन्य दशमलब ५४ अंकले, ६ दशमलब २८ अंक र ५ दशमलब ३३ अंकले बढेको छ ।
आज कूल १४३ कम्पनीको ७ लाख ७४ हजार ६८६ कित्ता शेयर २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरीद बिक्री भएको छ ।
Facebook Comments Box