काठमाडौँ: साताको पहिलो कारोवारको दिन पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलब ८२ अंकले घटेर एक हजार १६६ दशमलब ४३ अंकमा पुगेको छ ।
आजको कारोवारमा सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ ।
आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ९६ दशमलब ७६ अंक, जीवन बीमा ४४ दशमलब ४ अंक र उत्पादन समूहको परिसूचक ५० दशमलब ५४ अनले घटेको छ ।
त्यसैगरी, लघुबित्त २२ दशमलब ४५ अंकले , बाणिज्य बैंक १२ दशमलब ६४ अंक, विकास बैंक ६ दशमलब ४७ अंक, होटल २८ दशमलब ८७ अंक र जलबिधुत २४ दशमलब ८९ अंकले घटेको छ ।
आज कूल १५४ कम्पनीको ८ लाख ४० हजार ५५ कित्ता शेयर २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरीद बिक्री भएको छ ।