काठमाडौँ: सरकारले चीनसँग गर्ने भनिएको व्यापार तथा पारवहन सम्झौताको ‘प्रोटोकल’ सम्बन्धी वार्ता र हस्ताक्षरका लागि अख्तियारीसहित नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय लिएको सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
प्रधानमन्त्री चीन भ्रमणका बेला तयारी नपुगेको भन्दै सो बारे चीनमा सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन र प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले पनि संसदलाई जानकारी गराउँदै सो बिषयमा एक महिनाभित्र नेपाल सरकारले सम्पूर्ण तयारी सक्ने बारे जानकारी गराएका थिए ।
सम्झौतामा हस्ताक्षर भएमा नेपाल र चीनबीच दुई देशीय पारहवन सहजीकरण हुनेछ ।
यसैगरी बैठकले प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुनः पेश गर्ने निर्णय गरेको छ । तर अनशनरत डा. गोविन्द केसीभने जुम्लामा सोहि बिषयलाई लिएर आमरण अनशनमा बसिरहेका छन् ।