काठमाडौँ: मंगलबार सामान्य सुधार आएको शेयर बजारमा बुधबार पुन:गिरावट आएको छ । आज बुधबार नेप्से परिसूचक दुई दशमलब १ अंकले घटेर एक हजार १५९ दशमलब ३८ अंकमा पुगेको छ ।
मंगलबार नेप्से परिसूचक एक दशमलब ६१ अंकले बढेको थियो । आजको कारोवारमा अन्य बाहेक सबै समूहको परिसूचक घटेको छ ।
आजको कारोवारमा विकास बैंकको एक दशमलब ३१ अंकले घटेको छ ।
त्यसैगरी, होटल समूहको परिसूचक ३ दशमलब २५ अंक, जलबिधुत ४ दशमलब ९७ अंक, निर्जिबन बीमा समूहको परिसूचक २५ दशमलब ४१ अंक, जीवन बीमा १ दशमलब ८८ अंक र लघुवित्त समूहको परिसूचक १२ दशमलब ९१ अंकले घटेको ।
नेप्से परिसूचक घटेपनि कारोवाररकममा भने साधुर आएको छ ।
आज कूल १५३ कम्पनीको १३ लाख ९६ हजार ९२७ कित्ता शेयर ४० करोड ४८ लाख ४ हजार ७३४ मूल्यमा खरीद बिक्री भएको छ ।
मंगलबार कूल १५४ कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर २३ करोड १६ लाख ८२ हजार ९६१ मूल्यमा खरीद बिक्री भएका थिए।