काठमाडौं: सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी) ले विहिबार सामुहिक राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् । खनाल भने सोहि राजीनामाको फाइल बोकेर गृह मन्त्रालय दिउसो पुगेका थिए ।
राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।
एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका थिए ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार उनीहरुको पद धरापमा परेको थियो ।