काठमाडौँ: नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा पनि अनलाइन बुकिङ सेवा सुरु गरेको छ । टिकेटिङलाई सहज बनाउने उद्देश्यले अनलाइन टिकेटिङ सुरु गरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।
निगमले गतवर्षबाटै अन्तर्राष्ट्रियतर्फको हवाई सेवामा अनलाइन बुकिङ थालेको थियो ।
सिगदेलका अनुसार निगमले इ-टिकेटीङका लागि आइएमई र इ-सेवासँग सहकार्य गरेको छ। ‘अब यात्रुले घरै बसेर पनि नेपालका आन्तरिक गन्तब्यमा उडान गर्नका लागि टिकट काट्न सक्नेछन्,’ उनले भने, ‘विदेशबाटै नेपालका कुनै गन्तब्यमा जान चाहेमा इ-टिकेटिङ गर्न सक्नेछन्।’
निजी क्षेत्रका कम्पनी सुगम क्षत्रेमा केन्दि्रत भएपनि निगमले दुर्गम क्षत्रेमा हवाई उडान गरिरहेको छ। निगमले अहिले ट्वीनटर, चिनियाँ एमए ६० र वाई १२ ई विमानबाट आन्तरिहक हवाई सेवा दिँदै आएको छ ।