डिप्रोक्स लघुवित्त (DDBL) को २० प्रतिशत लाभांश सुरक्षित गरि लाभ उठाउने आज अन्तिम दिन हो । लघुवित्तले भोलि शेयरधनी दर्ता किताव बन्द गर्ने भएकोले आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।
लघुवित्तको साधारण सभा माघ ११ गते हुदैछ । लघुवित्तको साधारण सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लभांश वितरण गर्ने प्रस्ताब साधारण सभाबाट पारित गर्नेछ ।
आज लघुवित्तको प्रतिशेयर ६५३ रूपैयाँको हाराहारीमा कारोबार भईरहेको छ । लघुवित्तको हाल चुक्ता पुँजी ७० करोड ३१ लाख रूपैयाँ छ । बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार रूपैयाँ पुग्नेछ ।
Facebook Comments Box