आसाम, भारत: भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् ।
दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् ।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो ।
आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए ।
गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ ।
गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले बताउनुभयो ।
अर्को स्रोतका अनुसार १२ जनाको मृत्यु जोरहाट जिल्लामा भएको छ ।
गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए ।
गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिका अनुसार उनी बिहीवार चिया बगानमा थिए ।
अधिकारीहरूका अनुसार सो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ ।
राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ ।
त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ । रासस÷एएफपी
Trending
- चन्द्र नहर संरक्षणसँगै कृषि र पर्यटनसँग जोडिने
- चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
- ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारी बढाउँदै पलायन रोक्न सक्छन् : मन्त्री श्रेष्ठ
- हेमबहादुर मल्ल सम्मान डा. माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई
- सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
- विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकता दिनुपर्छ : मन्त्री श्रेष्ठ
- नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखानामा अर्थमन्त्री: निर्मातालाई सन्देश—अघि बढ्नुहोस्, सरकार साथमा छ
- उपत्यकामा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण हुने