तेहरान: आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ ।
हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।
गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ ।
“आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षिया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो,” आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भन्नुभयो ।
चालक दलका तीन जना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दुर्घघना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ ।
इरानमा बेला बेलामा यस्ता हेलिकोप्टर तथा विमान दुर्घटना भइरहने गरेका छन् । अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
Trending
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला