मनिला, फिलिपिन्स: फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ ।
प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ ।
यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु भएकाहरूको संख्या काभिट, लगुना, बातान्गास, रिजाल र क्वेजोनमा धेरै रहेको छ ।
ती सवै प्रान्तहरुमा गरेर कुल ४४ सय १ प्रभावित भएका थिए भने ८७ जनाको मृत्यु भएको अधिकारीहरुको भनाई छ ।
सवैभन्दा धेरै एकदेखि चार बर्षसम्मका उमेर समूहका मानिसमा दादुराको प्रभाव धेरै देखिएको छ । त्यस उमेर समूहका छ हजार १८० अर्थात् २९ प्रतिशत विरामी रहेका छन् । त्यसैगरी उक्त उमेर समूहबाट मृत्यु हुनेको संख्या पनि १४२ अर्थात् ४५ प्रतिशत रहेको छ । रासस÷सिन्ह्वा
Trending
- विद्युत सेवा भरपर्दो बनाउन वितरण प्रणाली सुधार्न ऊर्जा मन्त्रीको निर्देशन
- आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
- नेपाललाई एडीबीको २५ अर्ब बढी सहुलियतपूर्ण ऋण
- ऊर्जामन्त्री श्रेष्ठका १०० दिन: नीतिगत सुधारदेखि ऊर्जा पूर्वाधार विस्तारसम्म
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा र आर्थिक कूटनीतिमा पहल
- सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन, हालसम्म ५० प्रतिशत भौतिक प्रगति
- डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो