काठमाडौं: नेपाली कामदारलाई यथासक्य छिटो ल्याउने वातावरण बनाउन रोजगारदाताले मलेसियन सरकारलाई दवाव दिएका छन् ।
नेपालले जेठ पहिलो सातादेखि नै मलेसियामा कामदार पठाउन रोक लगाएको छ ।
मलेसियामा सक्रिय रोजगारदाताको संगठनले गृह र मानव संशाधन मन्त्रीलाई भेटी नेपाल सरकारसंग छलफल गरेर मलेसियामाथि लगाइएको रोक हटाउन दवाव दिएको हो ।
सुरक्षा गार्ड आपूर्ति गर्ने झन्डै ७०० रोजगारदाताको छाता संगठन ‘पीपीकेके एम’ को अग्रसरतामा विहिबार पुत्राजयस्थित गृह मन्त्रालयमा दुई घण्टा धर्ना दिइएको थियो ।
बैदेशिक रोजगार व्यवसायी संघले नेपाल सरकारले श्रम स्वीकृतिमा रोक लगाउनुको कारणबे मलेसियाका रोजगारदातालाई आधिकारिक जानकारी दिएपछि उनीहरुले आफ्नो सरकारलाई दवाव दिएका हुन् ।
सरकारले पूर्वस्वीकृति रोक लगाउनुको साथै अन्तर्वार्ता पास भई भिसा आइसकेका झन्डै १३ हजार कामदारको अन्तिम स्विकृतीसमेत रोकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका हुन् ।