काठमाडौँ: सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई पतिले आगो लगाएर हत्या गर्ने कोशिश गरेका छन्। उनका पति बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ ।
आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइए पनि त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।
बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ।
नलाई आगो लगाएर मार्ने कोशिश गरेको भन्दै प्रहरीले सासू सुर्जी खत्वेलाई पक्राउ गरेको छ। कञ्चनलाई भने उपचारका लागि पहिले विपी कोइराला मेमोरियल अस्पताल धरान र त्यसपछि काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको छ।
उनको पूरा शरीरको लगभग पहिलो पत्रको छाला जलेको मिर्चैया इलाका प्रहरी कार्यालयका डिएसपी शुकदेव खनालले बताए।