काठमाडौं, असोज २९ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले २०८३ सालको फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण गरेका छन् ।

नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत असोज ३१ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहको तयारीबारे उनले आज असोज २९ गते निरीक्षण गरेका हुन् ।


निरीक्षणका क्रममा आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सैनिक तथा युनिटलाई पुरस्कार र कदरपत्र प्रदान गरिएको छ।



साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिकलाई सम्मान, पदोन्नति प्राप्त सैनिकलाई दर्ज्यानी चिह्न तथा प्रकृति संरक्षणमा योगदान पुर्याउने सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।


