काठमाडौँ : २१ औं संस्करणको फिफा विश्वकप २०१८ महाकुम्भ फुटबलको उपाधि फ्रान्सले हात पारेको छ । क्रोएसियालाई फाइनल खेलमा ४ -२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि चुम्न सफल भएको हो । फ्रान्सका लागि खेलको १८ औ मिनेटमा क्रोएसियन खेलाडि म्यान्जुभिकको वोन गोल को माध्यमबाट फ्रान्सले अग्रतालिएको थियो भने त्यसको २८ औं मिनेटमा क्रोएसियाका लागि पेरिसिकले बराबरी गोल गरे ।
त्यसको ३९ औं मिनेटमा क्रोएसियाका खेलाडीले डी बक्सभित्र ह्याण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई भिएआरको माध्यमबाट पेनाल्टि दिन बाध्य भए र एन्टेनियो ग्रिजमेनले फ्रान्सलाई मध्यान्तर अघि नै २-१ को अग्रता दिलाएको थिए ।
खेलको दोस्रो हाफमा पोग्वाले ५९ औ मिनेटमा र एमबाप्पेले ६५ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाए । यता क्रोएसियाका लागि दोस्रो हाफको ६९ मिनेटमा म्यान्जुभिकले गरेको एक गोलले जित दिलाउन भने सकेन ।
सन १९७० मा ब्राजिलले फाइनलमा गरेको ४ गोलपछि आज फ्रान्सले उपाधि भिडन्तमा ४ गोल गरेको दोस्रो इतिहास हो ।
यस्तै फ्रान्सका किलियन एमबाप्पेले पनि इतिहास रचेका छन । उनले सन १९५८ मा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीका रुपमा पेलेले बनाएको रेकर्डमा पुनः त्यस्तै रेकर्ड राख्ने दोश्रो खेलाडी बनेका छन् र यसबारे पेलेले सार्वजनिक रुपमा बधाई समेत दिएका छन् ।
फ्रान्सको दोश्रो विश्वकप उप्पधि हो भने उसले सन् १९९८ मा ब्राजिललाई ३-० गोलले हराउंदै पहिलो पटक उपाधि जितेको थियो ।
यस्तै, फिफा योङ्गेस्ट प्लेयरको उपाधि फ्रान्सका किलिएंन अम्बाप्पे, गोल्डेन बुट सर्वाधिक ६ गोल गर्ने इंग्ल्याण्डक ह्यारी केनले पाए भने गोल्डेन ग्लोभ भने बेल्जियमक गोल किप्पर थिबर्ट कोर्टिसले पाए भने गोल्डेन बलको उपाधि क्रोएसियाका १० नम्बरका खेलाडी लुका मेद्रिकले हात पारे ।