काठमाडौँ: प्रहरीले भारतले बन्द गरेका ५ सय र एकहजार दरका भारु नोटको अवैध कारोबार र त्यही नोट देखाएर ठगीमा संलग्न पाँचजनालाई आईतबार पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले ठमेलस्थित होटल ब्लूमूनमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रतिबन्धित बिदेशी मुद्रा देखाएर उनीहरु ठगीमा संलग्न रहेको बताए।
पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मागर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन्।
उनीहरु बिरुद्ध थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए।
Facebook Comments Box