काठमाडौँ: प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।
जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुख लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन् ।
उनी स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।
Facebook Comments Box