काठमाडौँ: रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार लुटेको हो ।
गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट रकम लुटिएको हो । लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ।
मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।
सु १ ह ३३७ नम्बरको टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली हानेका हुन् ।
लुटेराहरूको गोली टेप्पुको टायरमा मात्रै लागेको छ । मानवीय क्षति भने नभएको रुपन्देही प्रहरी जनाएको छ।