काठमाडौँ: नेपालको कुल आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँमा सिमित भएको छ।
निर्यातको तुलनामा उच्च आयात भएका कारण कुल ब्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। ब्यापार घाटा उच्च दरले बढेका कारण चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो।
शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष घाटा ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो।
बिदेशी सञ्चिति घट्दै गएको छ। अघिल्लो असारमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा यसपालीको जेठसम्म आइपुग्दा घटेर १० खर्ब ३० अर्ब ८८ करोडमा झरेको छ। अमेरिकी डलरमा हिसाब गर्दा १० अर्ब ८ करोडको सञ्चिति ९ अर्ब २५ करोडमा झरेको छ।