काठमाडौँ: देशभर लगभग ४० दशमलब ४६ प्रतिशत खेतमा धान रोपाई भएको छ ।
कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार हालसम्म ५ लाख ५४ हजार हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १३ लाख ७१ हजार हेक्टर जमिनमा धन खेति हुनेगरेको छ ।
ढिलो र कमजोर मनसुनले गर्दा गत वर्षको तुलनामा यस वर्ष झण्डै २३ प्रतिशतले रोपाई कम भएको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ ।
जसमध्ये उच्च पहाडमा गतवर्ष ६६.२२ हुदा यस वर्ष ५१.८१, मध्य पहाडमा गतवर्ष ६७.०४ हुदा यसवर्ष ५३.९६ तथा तराईका जिल्लाहरुमा गतवर्ष ६२.६५ प्रतिशत हुदा यसवर्ष ३५.१२ प्रतिशत मात्रै रोपाई भएको छ ।
हालसम्म ४३ प्रतिशत रोपाई, सबैभन्दा कम सप्तरीमा १५ प्रतिशतसमयमा देशभर मनसून सुरु भएकोले रोपाई छ ।
पछिल्लो पटक परेको पानीले गर्दा देशभर रोपाई राम्रै संगै चलिरहेको छ । किसानहरु रोपाईमा ब्यस्त भएका छन् ।