Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 18
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई प्रभावकारी बनाईँदै

    भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई प्रभावकारी बनाईँदै

    पहिलोक्लिकपहिलोक्लिकJuly 26, 2019No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : सरकारले भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय देशभर ‘ल्याण्ड रेकर्ड इन्फरमेसन सिष्टम (एलआरआइएमएस)’ सफ्ट्वेयर लागू गरेर भूमिको संरक्षण र व्यवस्थापनमा लागेको हो ।

     

    विसं २०७२ देखि शुरू गरिएको अनलाइन सेवा २०७४ सालसम्म २५ कार्यालयमा मात्र लागू भएकामा अहिले ७६ कार्यालयमा विस्तार गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना प्रविधि निर्देशक रामदत्त जोशीले जानकारी दिनुभयो । उक्त प्रविधिका कारण सरकारी जग्गा बेचबिखन तथा अतिक्रमण रोकिने छ । यस वर्ष थप ४० कार्यालयमा सेवा विस्तार गर्ने लक्ष्य मन्त्रालयको छ ।

     

    भूमि व्यवस्था मन्त्रालयले सफ्टवेयरमा देशभरका सरकारी जग्गाको विवरण उल्लेख गरेको छ । उक्त सफ्वेयरमार्फत कुन प्रदेश वा जिल्लाको कुन कार्यालयअन्तर्गत कुन वडामा कति सरकारी तथा अन्य जग्गा रहेको छ भन्ने विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट हेर्न सकिने छ । सबै क्षेत्रको जग्गाको विस्तृत विवरण अब सफ्टवेयरमा हेर्न सकिने जोशीले बताउनुभयो । “यो सिस्टममा कुन जिल्लाको कुन कार्यालयमा के काम भइरहेको छ भनेर हेर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

     

    अहिलेसम्म देशभर जग्गाको कित्ता सङ्ख्या तीन करोडभन्दा बढी रहेको छ । विसं २०७२ साउन २५ गते अनलाइन सेवा शुरु गरिएको हो । विसं २०७५ देखि यसले द्रुतगति लिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताउनुभयो । केहीसमय अघिमात्रै कलङ्की मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालयका रूपमा घोषणा गरिएको थियो । यो सेवा केन्द्रको नमूनालाई थप कार्यालयमा विस्तार गरिनेछ ।

     

    भूमिसुधार तथा मालपोत कार्यालयको श्रेस्ता डिजिटलाइज्ड गर्ने कार्य पनि सञ्चालन भइरहेको छ । कलङ्की र साँखु मालपोत कार्यालयको श्रेस्ता स्क्यानिङ गरिएको र अव ६२ कार्यालयमा स्क्यानिङ गर्ने बताइएको छ । सिसी टिभिको निगरानीलाई पनि विस्तार गर्दै लैजाने मन्त्रालयले जनाएको छ ।

    Facebook Comments Box

    भूमि व्यवस्थित
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.